वागीश्वरीमा खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर, ८ पुस । वागीश्वरी कलेज र वागीश्वरी माविको संयुक्त आयोजनामा ‘वागीश्वरी खेलकुद प्रतियोगिता– २०७८’ पुष ६ देखि ८ गतेसम्म भएको ब्याडमिन्टन र फुटसल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।
ब्याडमिन्टन प्रतियोगितामा छात्रतर्फ किरण बस्नेत, रशि बासुकला, राज श्रेष्ठ र रसेन शिलाकार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रातर्फ सिवानी नखन, सरिता सुवाल, सुमि श्रेष्ठ र सरिता मास्के क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यस्तै १६ वटा टिम सहभागी रहेको फुटसल प्रतियोगितामा सुजित धितालको नेतृत्वको टिम भेरी प्रथम, निरज तामाङ नेतृत्वको टिम भादगाउँ द्वितीय र सविन राई नेतृत्वको टिम कर्णाली तथा सविन बाला नेतृत्वको टिम सेती तृतीय हुन सफल भएका थिए ।
फुटसल प्रतियोगितामा निर्जल खत्री टप स्कोरर, नदिम भण्डारी उत्कृष्ट खेलाडी र नविन तामाङ उत्कृष्ट गोलरक्षक हुन सफल भएका थिए ।
उत्कृष्ट तथा विजयी सम्पूर्ण खेलाडीहरुलाई कलेजका प्राचार्य धनकुमार श्रेष्ठ तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

वागीश्वरी आमन्त्रण कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा आयोजित आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता भाद्र २८ गते सम्पन्न भयो । काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न दश वटा विद्यालयहरुको सहभागितामा भएको उक्त प्रतियोगिताको छात्रतर्फको फाइनलमा वागीश्वरी मावि (भक्तपुर) ले सकेरेट हर्ट मावि (काठमाडौं) लाई २४ का विरुद्ध ५० अङ्क हासिल गरी प्रथम भयो भने छात्रातर्फ फाइनलमा ख्वप मावि (भक्तपुर) ले वागीश्वरी माविलाई २६ का विरुद्ध ५१ अङ्क हासिल गरी प्रथम भयो । 
छात्रातर्फ तृतीय स्थानमा ख्वप्रिङ ई. एकेडेमी (भक्तपुर) र कन्या मन्दिर मावि (काठमाडौं) भए भने छात्रतर्फ तृतीय ख्वप मावि र बेलोर मावि (काभ्रे) भएका थिए । 
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्र छात्रा छुट्टाछुट्टै टिमहरुलाई क्रमशः रु.७–७ हजार, ५–५ हजार र ३–३ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । 
छात्रतर्फ उत्कृष्ट रेडर सविन बोहजू (वागीश्वरी), उत्कृष्ट डिफेन्डर राजेन्द्र तामाङ (वागीश्वरी) घोषित भएका थिए भने छात्रातर्फ उत्कृष्ट रेडर यशोधा गिरी (ख्वप) र उत्कृष्ट डिफेन्डर मनिषा भैल (ख्वप) घोषित भएका थिए । 
प्रतियोगिता समापन एवं पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ३ नं प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले विजयी टिम तथा खेलाडीहरुलाई नगदपुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै खेल मित्र, अनुशासन र देशभक्तिले युक्त हुनुपर्नेमा जोड दिनुभयो । सरकारले खेल र खेलाडीहरुलाई उचित स्थान नदिंदा देशमा खेलकुदको प्रगति हुन नसकेको चर्चा गर्दै उहा“ले समाजवादी देशहरुमा खेल र खेलाडीको उचित सम्मान हुने गरेको विचार व्यक्त गर्नुभयो । 
समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले कबड्डी खेलको महŒवमाथि प्रकाश पार्नुभयो भने स्वागत मन्तव्य प्राचार्य कृष्णप्रसाद धन्छा र धन्यवाद  ज्ञापन सहप्राचार्य ज्ञानसागर प्रजापतिले गर्नुभएको थियो । 
 

वागीश्वरी हीरक वर्षको अवसरमा कबड्डी शुरु

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता शुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका छात्रछात्राहरु सहभागी भएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै खेल मित्रता, अनुशासनका साथै देशभक्ति भावनाको विकासका लागि पनि खेल्नुपर्नेमा जोड दिनुभयो । 
उहा“ले भक्तपुर नगरपालिकाले खेल विकासको लागि सक्दो ध्यान दिंदै आएको चर्चा गर्दै गतवर्ष विद्यालयस्तरीय विभिन्न आठ खेलको प्रतियोगिता सञ्चालन गरेझैं यसवर्ष पनि १३ वटा खेलको प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । 
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले खेलकुदमा खेलाडीहरु इमान्दार भएझै देश निर्माण गर्न पनि उत्तिकै इमानदार हुन जरुरी रहेको धारणा राख्नुभयो भने भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्री, अखिल नेपाल कबड्डी सङ्घ भक्तपुरका अध्यक्ष विनोद प्रजापतिले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । 
कबड्डी प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष एवं सहप्राचार्य ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राचार्य कृष्णप्रसाद धन्छाले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक राजन लाखाले हीरक वर्षका कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । 
पहिलो उद्घाटन छात्रा खेलमा वागीश्वरी मावि (भक्तपुर) ले ख्वप मावि (भ.पु) लाई ३१ का विरुद्ध ३३ अङ्क प्राप्त गरी पराजित ग¥यो भने दोस्रो छात्रा खेल कन्या मन्दिर मावि (काठमाडौं) लाई ख्वप्रिङ एकेडेमीले ४० का विरुद्ध ५० अङ्क हासिल गरी पराजित ग¥यो । त्यस्तै छात्रातर्फको अर्को खेलमा भीमेश्वर मावि (काठमाडौं) लाई जनसेवा मावि (काठमाडौं) ले ३८ का विरुद्ध ६० अङ्क प्राप्त गरी जित दर्ता ग¥यो । 
त्यस्तै छात्रतर्फको खेलमा बेलोर मावि (काभ्रे) ले ख्वप्रिङ एकेडेमीलाई (६०–३५) परास्त ग¥यो भने भीमेश्वर माविले ख्वप माविलाई ४६–३९ अङ्कले पराजित ग¥यो । आजको अन्तिम खेलमा नेपाल युवक मावि (काठमाडौं) लाई सेकरेड हार्ट मावि (काठमाडौं) ले (२५–४९) हरायो ।