भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा कलेजमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको लागि ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण कार्यक्रम असोज ४ गते बिहीवार सम्पन्न भयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्माले ई–लाइब्रेरीको परिचय, आवश्यकता र महत्वमाथि प्रकाश पार्दै २१ औं शताब्दीलाई पेपरलेस गर्दै अगाडि बढ्ने कल्पनालाई पूरा गर्न शिक्षक तथा विद्यार्थीहरुले ई–लाइब्रेरी रिसोर्सेसबारे जानकारी राख्नु आवश्यक छ भन्नुभयो । कार्यक्रममा उहाँले त्रिभुवन विश्वविद्यालयले प्रदान गरेको ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे प्रयोगात्मक रूपमा जानकारी गराउँदै उच्च शिक्षाको अध्ययनका लागि आवश्यक विभिन्न अनुसन्धानमूलक लेख रचनाहरु उक्त डाटावेसमार्फत खोजी गर्न सकिने बताउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले हालै थेसिस तथा प्रोजेक्ट वर्क रिपोर्टमा प्लेज्यारिज्म लागू गरिसकेको जानकारी गराउँदै विद्यार्थीहरुले आफ्नो शैक्षिक गुणस्तर वृद्धि गर्न त्रिविको ई–लाइब्रेरी रिसोर्सेसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । वागीश्वरी कलेजले गतवर्ष देखि त्रिभुवन विश्वविद्यालयबाट उक्त सेवा प्रयोग गर्दैै आएको बताउँदै वागीश्वरी कलेजका पुस्तकालय प्रमुख रत्नशोभा फैजूले शैक्षिक वर्ष २०८०÷०८१ को लागि सदस्यता प्राप्त गरेका शिक्षक तथा विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रमपश्चात प्राचार्य धनकुमार श्रेष्ठले स्रोतव्यक्ति विजय शर्मालाई मायाको चिनोसहित कलेजका प्रकाशनहरु हस्तान्तरण गर्नुभएको थियो ।
भक्तपुर– वागीश्वरी कलेज स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले गुरुपूर्णिमाको अवसरमा शिक्षकशिक्षिकाहरुलाई शुभकामना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले गुरुहरु तबमात्र खुसी हुन्छ जब नेपाल आमा खुसी हुन्छिन्, विद्यार्थीहरु पलायन नभई स्वदेशमै आफ्नो पसिना बगाई नेपालको विकासमा योगदान गर्न आग्रह गर्नुभयो । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रमका लागि सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरु सरिना वाडेले गुरुपूर्णिमा र रामहरि चोलागाईले व्यासको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत ‘आइडिया पिचिङ्ग’ असार १४ गते बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा अतिथि विश्वविद्यालय अनुदान आयोग अनुसन्धान विभागका सहायक निर्देशक दिनेश प्रजापतिले उद्यमशील व्यवसायी सुरु गर्न नेपालमा भइरहेको आर्थिक तथा व्यवहारिक गतिविधिलाई अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण प्रजापतिले जसले जोखिम उठाउँछ उही उद्योगपति बन्छ भन्ने भाव व्यक्त गर्नुभयो । साथै सहभागी विद्यार्थीहरू तथा शिक्षकशिक्षिकाले प्रस्तुत गरेको योजनाहरू लघु उद्योग र घरेलु उद्योगमा राम्रो सम्भावना भएको र विद्यार्थीहरूले उद्यामशीलतासम्बन्धी थप अध्ययन गर्नु राम्रो पक्ष भएको बताउनुभयो । २०७९ चैत्र २१ गतेदेखि वागीश्वरी कलेजले सञ्चालन गरेको ४० घण्टे उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा सहभागी विद्यार्थी तथा शिक्षकशिक्षिकालाई विभिन्न स्रोतव्यक्तिमार्फत उद्यमशीलतासम्बन्धी प्रशिक्षण दिँदै आएको थियो । जम्मा ३० जना सहभागी रहेको तालिममा १३ जना सहभागीले आ–आफ्नो आइडिया पिचिङ्ग गरेका थिए ।
विद्यार्थीहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने लक्ष्यका साथ विश्वविद्यालय अनुदान आयोगले उक्त कार्यक्रमको लागि सार्वजनिक प्रस्ताव आह्वान गरेकोमा वागीश्वरी कलेज समेत गरी १८ वटा कलेजहरू मात्र छनोट भएको थियो । विश्वविद्यालय अनुदान आयोगले उद्यमशील सहयोग कार्यक्रम मातहतमा सानो उद्यमीलाई ५ लाख रूपैयाँ, मझौला उद्यमीलाई २० लाख तथा ठूलो उद्यमीलाई ४० लाख रूपैयाँसम्मको बीउँ पूँजी प्रदान गरिने घोषणा गरेको थियो । साथै ‘आइडा पिचिङ्ग’ कार्यक्रममा सहभागीहरूको योजना छनोटका लागि निर्णायकहरूमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण प्रजापति, भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, भक्तपुर नगरपालिकाका प्रतिनिधि रामसुन्दर सुजखु, स्रोतव्यक्ति जस्मिन कर्माचार्य तथा वागीश्वरी कलेजका उपप्राध्यापक नविन प्रजापति रहनुभएको थियो । कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले निर्णायकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने वागीश्वरी कलेजका शिक्षक मंगलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।
भक्तपुर, १५ जेठ । वागीश्वरी कलेजको आयोजनामा भइरहेको ‘टिचिङ पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा अतिथि प्रजापतिले युवा पुस्ता विदेशिँदै गएकोले देशमा शिक्षण क्षेत्र धरापमा पर्दै गएको अवस्थामा विगत १५ वर्षदेखि वागीश्वरी कलेज निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।
नेपालको खस्कँदो शैक्षिक अर्थतन्त्र, बिग्रिँदो शिक्षा प्रणाली तथा युवा पुस्ताले वैदेशिक शैक्षिक संस्था रोजेर विदेश पलायन हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले समाजमा मौलाउँदै गएको सामाजिक विकृति र पीडितहरूलाई विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्नुभन्दा पीडितलाई आवश्यक शिक्षा र सीपमूलक तालिम तथा रोजगार दिए पीडितलाई राहत हुने जानकारी दिनुभयो । रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापन शैली अपनाउन आग्रह गर्नुभयो । उहाँले आरएमसीले सञ्चालन गरेको तालिम, अभ्यास शिक्षण संस्थामा लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । वागीश्वरी केलज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो । उक्त कार्यशालामा प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, उप प्रा.डा. वेदप्रसाद ढकाल, उप प्रा.डा बलराम दुवाल, उप प्रा.डा. भरतसिंह थापा र उपप्रा. सञ्जय घिमिरेले स्रोतव्यक्तिको रूपमा प्रशिक्षण दिनुभएको थियो ।
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको ‘टिचिड्ड पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने तालिम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सभासद प्रेम सुवालले जेष्ठ १३ गते शनिबार समुद्घाटन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सुवालले देश आजको अवस्थासम्म किन र कसरी आइपुग्यो भन्नेबारे विश्वविद्यालयका प्राध्यापकहरुले अध्ययन अनुसन्धान गर्नुपर्ने बताउ“दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न डराउनु, लगानीकर्ता ऋण तिर्न नसक्नु सबै आर्थिक सङ्कटको परिणाम हो भन्नुभयो ।
विश्वविद्यालयका प्राध्यापकहरुलाई राजनैतिक अवस्थाबारे अनुसन्धान गर्न आग्रह गर्दै उहा“ले ख्वप विश्वविद्यालय स्थापनाका लागि २०६४ सालदेखि सङ्घर्ष जारी रहेको जानकारी दिनुभयो । सभापतिको आसनबाट बोल्दै रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले शिक्षक, प्राध्यापकहरुलाई सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापनशैली अपनाउन आग्रह गर्नुभयो । कलेज व्यवस्थापन समितिका सदस्य एवं भनपा ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले अहिलेको नयाँ पुस्ता उच्च शिक्षा अध्ययनको नाममा विदेशिएको दृश्यले नेपालको पाठ्यक्रम नै समाजिक जीवनसँग बेमेल भएको हुन् की भनी प्रश्न गर्दै युवा पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो । वर्तमान आर्थिक सङ्कटको समयमा भक्तपुरमा रहेको सहकारी, वित्तीय संस्थाहरुले भक्तपुरका जनताहरुको बचत रकम लगानीबारे अध्ययन अनुुसन्धान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । वागीश्वरी कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवालले केस स्टडी विद्यार्थीहरुको पाठ्यक्रममा अनिवार्य भैसकेको हुँदा अध्यापन गराउने शिक्षक, प्राध्यापकहरु यस विषयमा तयारी हुन आवश्यक रहेको जानकारी दिनुभयो । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ मानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो । जेष्ठ १५ गतेसम्म चल्ने उक्त कार्यशालामा उपप्राध्यापक डा. भरतसिहं थापा र उपप्राध्यापक सन्जय घिमिरेले पहिलो दिन स्रोतव्यक्तिका रुपमा प्रशिक्षक रहनुभएको छ । त्यसैगरी दोस्रो र तेस्रो दिनमा प्राध्यापक डा.पुष्कर ब्रजाचार्य, प्राध्यापक डा. सञ्जयकुमार श्रेष्ठ, उपप्राध्यापक डा. वेदप्रसाद ढकाल र उपप्राध्यापक डा. बलराम दुवाल गरी जम्मा ६ जना स्रोतव्यक्तिले प्रशिक्षण दिने कलेज प्रशासनले जनाएको छ ।
भक्तपुर । वागीश्वरी कलेज तुमचो, कमलविनायकमा अध्ययनरत विद्यार्र्थीहरु तथा शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम ६ गते शनिबारदेखि वागीश्वरी कलेजसभा हलमा सुरु भएको छ । विद्यार्थीहरुलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा वागीश्वरी कलेजले यो कार्यक्रम आयोजना गरेको हो ।
विश्वविद्यालय अनुदान आयोग अन्तर्गत उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रममा व्यवस्था रहेको उद्यमशीलता सहयोग कार्यक्रमका लागि नेपालभरबाट १८ वटा कलेजहरु छनोट गरिकोमा वागीश्वरी कलेज पनि छनोटमा परेको हो । वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थी र ४० वर्षभन्दा कम उमेरका शिक्षकहरुलाई यस अघि नै उद्यमशीलता प्रस्ताव माग गरिएकोमा आएका प्रस्तावहरुमध्ये ३० जनालाई छनोट गरी यो तालिम सञ्चालन गरिएको हो । उद्यमशील बनाउने लक्ष्यका साथ अगाडि बढेको उद्यमशीलता कार्यक्रमको चौथौ“ तहको पहिलो तालिमलाई गम्भीरतापूर्वक ग्रहण गर्न तालिम संयोजक अबिना श्रेष्ठले आग्रह गर्नुभयो । तालिमको पहिलो दिनका स्रोत व्यक्ति ‘साईनो र मौरी भ्यन्चर’ का उद्यमी तथा व्यवसायी संस्थापक अमृत बिष्टले उद्यमी के हो ? कसरी उद्यमी बन्ने र यसको प्रकृयाबारे प्रशिक्षण दिनुभएको थियो । यस उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत उद्यम शुरु गर्न छनौटमा परेका युवा, शिक्षक, कर्मचारी र विद्यार्थीलाई बीउ पू“जीका रुपमा सानो उद्यमको लागि ५ लाख रूपैयाँ, मध्यम उद्यमको लागि २० लाख रूपैयाँ र ठूलो उद्यमको लागि ४० लाख रूपैयासम्म प्रदान गरिने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले जानकारी दिनुभयो । तालिममा सहभागी एक विद्यार्र्थीले तालिम फलदायी रहनुका साथै नेपालमै सम्भावना खोजी उद्यमशील हुन उत्प्रेरित गरेको बताए । उद्यमशील सहयोग कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस तालिमका ६ वटा मोडुललाई नौ दिनमा विभाजन गरी प्रशिक्षार्थीलाई प्रशिक्षण गर्ने बताइएको छ ।
भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बी.ए. तथा बी.एस.डब्लु. पहिलो वर्षमा समाजशास्त्र तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरूको तीन दिने “Summer Urban camp” फर्पिङस्थित शिखरापुर क्याम्पसमा सम्पन्न भएको छ ।
उक्त शिविरमा शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठले विद्यार्थीहरुलाई बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट सञ्चालित गाई फार्म, कुखुरा फार्म र कृषि फार्मको अवलोकन गराएका थिए । खेर गएका बोटल, पराल, कपाल तथा माटोबाट वातावरणमैत्री, भुकम्प प्रतिरोधात्मक र कम लागतमा बोटल हाउस निर्माण गरेको प्राचार्य श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुले शिखरापुर सामुदायिक क्याम्पस, शिखरापुर सामुदायिक विद्यालय, कृषि सिकाइ अनुसन्धान केन्द्र र शिखरापुर खुला विद्यालयको अवलोकन गर्नुका साथसाथै कृषि जे.टि.ए. सरिता नगरकोटिको विशेष सहयोगमा विद्यार्थीहरुले तरकारी (काक्रो, लौ“का, घिरौ“ला, फर्सी) रोप्ने अनुभव प्राप्त गरेका थिए । विद्यार्थीहरूका दुई समुहले शिखरापुरको ३० घरधुरीलाई नमुना छनोट गरी विवाहित महिलाहरूको आर्थिक अवस्थाबारे सर्वेक्षण गरेका थिए ।
उक्त सर्वेक्षणमा बढी महिलाहरु कम उमेरमा विवाह हुने, आधारभुत कक्षासम्म मात्रको पढाइ र कृषि पेशामा आवद्ध रहेको पाइएको थियो । नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नपाउ“दा विभिन्न तालिम लिनबाट वञ्चित भएको गुनासो सर्वेक्षणमा देखिएको थियो । उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रवक्ता तथा वडा. नं. ९ का अध्यक्ष अम्रिका बलामीले विदेशमा गएर गर्ने दुःख स्वदेशमै कृषिमा गरे देश आत्मनिर्भर बन्ने बताउनुका साथै कृषि तथा व्यवसाय गर्ने व्यक्तिहरूलाई नगरपालिकाले विशेष अनुदान दिने बताउनुभयो । यस्तै, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर के.सी.ले नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नदिने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै शिखरापुरलाई अध्ययन क्षेत्र बनाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो । वागीश्वरी कलेजका समाजशास्त्रका शिक्षिका एवं सभापति सुशिला कर्माचार्यले शिविरको महत्वबारे प्रष्टयाउ“दै शिविरबाट धेरै ज्ञान प्राप्त भएको बताउनुभयो । कार्यक्रममा शिखरापुर खुल्ला विद्यालयका संयोजक ललिता लामिछाने, रूक्मणी फाउण्डेशनका अध्यक्ष शशी शर्मा अर्याल, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका सचिव निशा विसुन्खे लगायतको उपस्थिति रहेको थियो ।
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा भइरहेको ‘डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशाला बैशाख २४ गते आइतबार सम्पन्न भएको छ । वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले कार्यशाला समापन कार्यक्रममा नेपाली विद्यार्थीहरु अध्ययनको लागि ठूलो सङ्ख्यामा विदेसिनुको अर्थ यहा“का विश्वविद्यालयहरुप्रति विश्वास नहुनु हो भने रोजगारीको लागि युवाहरु विदेसिनुको अर्थ देशप्रति नै विश्वास नभएको अर्थ लाग्छ भन्दै यो अत्यन्त चिन्ताको विषय हो भन्नुभयो ।
उहा“ले भन्नुभयो, “अहिले विद्यार्थीहरु धेरै विदेसिंदा यहा“ धेरै कलेजहरु बन्द हुने अवस्थामा छन् ।” भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने घोषणा हु“दा त्यसबेला धेरैले विश्वास नगरेको चर्चा गर्दै अहिले विस्तारै यस विषयलाई चासोका साथ हेर्न थालेको बताउ“दै उहा“ले यसको निम्ति निरन्तर लागिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकारले २०५२ देखि २०६२ सम्मको अवधिभित्रका ३१४ जना यौन हिंसा पीडित र अयोग्य लडाकुहरुलाई जनही रु. २–२ लाख रकम दिन लागेको सन्दर्भमा उहा“ले भन्नुभयो, “त्यसरी बा“ड्ने अर्बौं रुपैयाबाट उद्योग खोलेको भए आज युवाहरु रोजगारीको लागि विदेसिनु पर्दैनथ्यो ।” देशको समस्या समाधानको लागि अनुसन्धानहरु गर्नुपर्ने अनेकौं क्षेत्रहरु छन्† जलस्रोतको धनी देशले जलस्रोत विदेशीको हातमा सुम्पेको छ, कृषिप्रधान देशमा रासायनिक मल विदेशीको भरमा छ भन्दै उहा“ले यसरी देशको विकास सम्भव हुन्छ भनी प्रश्न गर्नुभयो । भक्तपुर नगरपालिकाले मासिकरूपमा घरदैलो नर्सहरुबाट प्राप्त डाटा विश्लेषण गरेरै आवश्यक कदम चाल्दै आएको चर्चा गर्दै उहा“ले त्यही विश्लेषणको आधारमा नगरवासीलाई निःशुल्क अक्सिजन प्रदान गरिरहेको हो भन्नुभयो । वागीश्वरी आर.एम.सी का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले सिकाइ विधि प्रविधि हरेक क्षण नया“ नया“ आइरहने हु“दा एकचोटिको सिकाइ सधैंको लागि नहुने हु“दा सधैं चनाखो भइरहनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा कार्यशालाको अनुभव सुनाउ“दै सञ्जीवनी कलेज काभ्रेका रामचन्द्र भट्टराईले कार्यशाला अत्यन्त फलदायी भएको बताउनुभयो । कार्यक्रममा उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
भक्तपुर । वागीश्वरी कलेज तुमचो भक्तपुरको आयोजनामा ‘डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशालाको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा समुद्घाटन भएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गोसाईले शिक्षक प्राध्यापकहरू समाजका ज्ञाता भएकाले उहाँहरूको ज्ञान स्कुल कलेजको कक्षा कोठामा मात्र सीमित नभई सिङ्गो समाजमा देखिनुपर्नेमा जोड दिनुभयो ।
हाल बजारमा पैसाको अभाव छ, स्नातक तहको कक्षामा विद्यार्थीको अभाव छ किन ? यसको व्याख्या विश्लेषण आवश्यक छ भन्दै उहाँले एक सफल अर्थशास्त्रीको लागि कम्युनिष्ट घोषणापत्रको अध्ययन अनिवार्य छ भन्नुभयो । बैशाख २२ एकातिर हामी बुद्ध जयन्ती मनाइरहेका छौं भने अर्कोतिर कार्ल माक्र्स जयन्ती पनि मनाइरहेका छौं भन्दै उहाँले संसारमा गैरकम्युनिष्टहरुले समेत सबभन्दा बढी पढ्ने माक्र्सलाई हामीले कति पढेका छौं र हामीले हाम्रा विद्यार्थीलाई कति पढाएका छौं भन्ने प्रश्न गर्दै माक्र्सलाई एक दार्शनिकको रूपमा पनि अध्ययन गर्न आवश्यक छ भन्नुभयो । कुनै पनि कुराको सही व्याख्या विश्लेषणका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको यथार्थ जानकारी आवश्यक हुन्छ भन्दै उहाँले इराकका सद्दाम हुसेनले डलरमा कारोबार नगर्ने घोषणा गरेपछि अमेरिकाले उनको हत्या गरेको, लिवियाका गद्दाफीले संयुक्त राष्ट्र सङ्घको अफिस अमेरिकाबाट अन्यत्र सार्नुपर्ने विचार राखेपछि उनको पनि हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै आज अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको घोषणा गरेपछि अफ्रिकाले पुटिनलाई स्वागत गरेको छ भने अमेरिकाले फिनलाण्डलाई जबरजस्ती नाटोमा तानेको छ । यसरी संसार बदलिरहेको अवस्थासँग हामी अद्यावधिक भएनौं भने हाम्रो व्याख्या विश्लेषण सटिक नहुन सक्छ उहाँले भन्नुभयो ।
रिसर्च मानेज्मेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा उहाँले शिक्षक, प्राध्यापकहरूले निरन्तर अध्ययन, अनुसन्धान र त्यसको उपयोग गर्दै अर्थोपार्जनमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्न आग्रह गर्दै उहाँले मिहिनेतीलाई ईश्वरले पनि साथ दिने विचार व्यक्त गर्नुभयो । कलेज व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले डाटा एनेलेसिस युजिङ आर स्क्रिप्टको सफल कार्यशालापछि अध्ययन अध्यापन थप प्रभावकारी हुनेमा विश्वास गर्दै युवा नयाँ पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो । आज युवा विद्यार्थीलाई कसरी कलेजमा आकर्षित गर्ने ? कलेजमा आएका विद्यार्थीलाई कसरी टिकाउने र टिकेका विद्यार्थीलाई कसरी देशभक्ति भावनाका साथ बिदाइ गर्ने भन्ने चुनौती रहेको चर्चा गर्दै उहाँले कार्यशाला सामाजिक, शैक्षिक, राजनीतिक, प्राज्ञिक हरदृष्टिले डाटा एनेलेसिस गर्न सक्षम होस् भनी शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक विनोद प्रजापति र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो । बैशाख २४ गतेसम्म चल्ने उक्त कार्यशालामा सहप्राध्यापक डा. विजयलाल प्रधान र नवराज पौड्याल प्रशिक्षक रहनुभएको छ ।
भक्तपुर । वागीश्वरी कलेजको सहकार्यमा भक्तपुर जिल्ला अदालतका न्यायाधिशद्वारा फागुन १९ गते शुक्रबार वागीश्वरी कलेज सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वागीश्वरी कलेजका स्नातक तह मानविकी तथा व्यवस्थापन सङ्काय तेस्रो वर्ष र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन सङ्काय प्रथम सेमेष्टरका विद्यार्थी तथा शिक्षकहरुबिच सो अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो प्रमुख अतिथिमा रहनुभएका भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधिश श्री तीर्थराज के.सीले ‘समुदायमा हाम्रो अदालत’ बाह्य पहुँच कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई जनतामाझ न्यायिक जनचेतना जगाउन न्यायलय आफै जनतामाझ पुग्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा माननीय जिल्ला न्यायाधिश श्री महेन्द्र प्रसाद पोखरेलले पावर प्वइटबाट विद्यार्थीहरुलाई न्यायिक क्षेत्र, न्यायिक पहुँच, जनचेतनालगायत कानुनी तथा संबैधानिक कुराहरुबारे प्रशिक्षण दिनुभएको थियो । श्रेस्तेदार श्री ऋतबहादुर पुलामी, भक्तपुर शाखा अधिकृत नवराज खनाल तथा जेमिना प्रधान पनि कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका थिए । त्यसै गरी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै न्यायिक क्षेत्रका कानुनी ज्ञान पनि आवश्यक रहेको वागीश्वरी कलेज प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रममा बताउनुहुँदै कलेजको तर्फबाट अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।
भक्तपुर । वागीश्वरी कलेज भक्तपुरमा ग्रामीण विकास विषय लिई अध्ययनरत विद्यार्थीहरूको फागुन १० गते एकदिने शैक्षिक भ्रमण सम्पन्न भएको छ । स्थानीय कौशलटारमा तोरी पेली तेल निकाल्ने प्रविधिको अवलोकन गर्नुका साथै पिनाको सही सदुप्रयोगबारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिइएको थियो । ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त भ्रमणमा शिक्षकद्वय सुशीला घजू र सुन्दर ग्वाछाले किताबमा पढेको ज्ञानलाई व्यवहारमा विद्यार्थीलाई देखाउन र विद्यार्थीहरू जागिरमुखीभन्दा पनि उद्यमशील बन्न बनाउन उत्साहित गर्न यस्ता भ्रमणहरू नियमति रूपमा विभिन्न ठाउँमा गराउँदै आएको जानकारी दिनुभयो । अवलोकनकर्ता विद्यार्थीहरूमध्ये गौरव लामिछानेका अनुसार यो भ्रमणबाट अर्गानिक अन्न अनाजको महत्वबोध हुनुका साथै आफूहरूलाई उद्यमशील बन्न पे्ररित गरिएको छ । अर्गानिक खानालाई जोड दिन सके धेरै रोगव्याधी कम हुने रहेछ भन्दै विद्यार्थी लामिछानेले ग्रामीण क्षेत्रबाट सङ्कलित अर्गानिक अनेक दाल, चामल, मकै र गहुँका च्याँख्लाहरू, मह, फापर, कोदोको पीठो, आलस, बोडी, राजमा बेसार, जिम्मुहरू हेर्दा ग्रामीण क्षेत्रका विकासका सम्भावना धेरैै देखिएको र देशलाई आत्मनिर्भर बनाउन सकिने विश्वास आफूहरूमा विकास भएको अनुभव सुनाउनुभयो ।
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको ६४ औ“, वागीश्वरी कलेजको १५ औ“ र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे“ (रोहित) ले फागुन ११ बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले शासक दलहरूबाट गरिब जनतालाई शिक्षाको पहु“चबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेको तर्फ सचेत हुनुपर्नेमा जोड दि“दै सरकारको नीतिगत खोटको विरोध र आलोचना देशभक्त जनताले निरन्तर गरिरहनुपर्ने बताउनुभयो । विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने विचार व्यक्त गर्दै उहा“ले व्यक्तिगत स्वार्थबाट टाढा रही सिड्डो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको बताउनुभयो । शासक दलहरूले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै उहा“ले नया“ पुस्ताका विद्यार्थीहरूलाई विश्वको इतिहास र भूगोलबारे राम्रोस“ग सिकाउन जरुरी रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरीअन्तर्गत ३ वटा शैक्षिक संस्थाहरू संयुक्तरूपमा अगाडि बढाइरहेको उल्लेख गर्दै देशकै नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने उद्देश्यअनुरूप यी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको बताउनुभयो ।
उहा“ले सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरण वागीश्वरी रहेको बताउ“दै वागीश्वरीले हरेक चुनौतीलाई अवसरको रूपमा परिणत गरी आजको सफलता हासिल गरेको हो भन्नुभयो । बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको प्रस्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्दै आइरहेको र पाठ्यक्रमको व्यावहारिक र वैज्ञानिक ढड्डले अगाडि बढाउन जरुरी रहेको उहा“ले बताउनुभयो । घोकन्ते विद्याको औचित्यता नरहेको प्रस्ट पार्दै उहा“ले विद्यार्थीहरूलाई आफैले केही सिक्ने वातावरण विद्यालयले प्रदान गर्न सके विद्यार्थीहरू तुलनात्मकरूपमा अगाडि बढ्नेछन् भन्नुभयो । बाग्मती प्रदेशसभा सदस्य सृजना सै“जुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा वागीश्वरीले शिक्षामा नमुना काम गरी नवीन आयाम थपिरहेको बताउ“दै ख्वप विश्वविद्यालय स्थापनाको निम्ति सङ्घर्ष जारी रहने बताउनुभयो । उहा“ले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको बताउ“दै वागीश्वरीले बीबीएको कक्षा सञ्चालनस“गै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयहरूको रूपमा सञ्चालनमा रहेको बताउ“दै स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रूपमा अगाडि बढाउन टेवा पुगेको चर्चा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्रप्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको स्पष्ट गर्दै भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रूपमा विकास हुन सफल भएको बताउनुभयो । वार्षिकोत्सव कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । वागीश्वरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त समारोहमा सहायक प्रधानाध्यापक उकेश सुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही क्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक राजन लाखाले स्वागत गर्नुभएको थियो भने संयुक्त परीक्षा समितिका संयोजक श्रीकृष्ण किसी, विद्यार्थी प्रतिनिधि विद्यालय चा“दनीरानी वैद्य, कलेजका तर्फबाट तेन्जिङ डोल्मा लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छे“ले प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रावि शिक्षक प्रमिला प्रधान, प्रावि शिक्षक ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक तथा कर्मचारी, कक्षा ११ वार्षिक र १२ प्रिबोर्ड पुरस्कार, कलेजको प्रिबोर्ड पुरस्कार, एसईई टपर मेडल, प्लस टु टपर मेडल, टेक्स टपर मेडल, स्नातक टपरलाई मेडल तथा पुरस्कार वितरण गर्नुभयो । छात्रवृत्तिको निम्ति अक्षयकोष राख्नुभएका दाताहरूले कोषबाट प्राप्त छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण गर्न सम्बन्धित वर्ग शिक्षकहरूलाई हस्तान्तरण गर्नुभएको थियो । कोषका दाताहरूमा मोहनप्रसाद प्रजापति, नारायणी मानन्धर, पूर्वविद्यार्थी समाजतर्फ बाट अध्यक्ष रत्नप्रसाद प्रजापति, कृष्णराम–कृष्णलक्ष्मी प्रजापति, सिद्धिवीर कर्माचार्य, गोविन्द–बुद्धमाया लवजु रहनुभएको छ । कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्यले आफ्ना मातापिता रुक्मणी र रत्नवीर कर्माचार्यको नाममा थप रु. १ लाख ४४४४ रुपैया“को अर्को अक्षय कोषको लागि चेक हस्तान्तरण गर्नुभएको थियो ।
भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरूको चार दिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो । उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरू स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे अध्ययन गरेकोले विद्यार्थीहरूलाई धन्यवाद दिँदै उहाँले श्री प्रेम मिलन माध्यमिक विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयबीच भगिनी सम्बन्ध कायम गर्न सक्ने अभिलाषा व्यक्त गर्नुभयो । सो गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले भक्तपुरका विद्यार्थीहरू र स्थानीय गुरुङ समुदायका विद्यार्थीहरूबीच मितेरी सम्बन्ध गाँसी गुरुङ संस्कृतिलाई जीवन्तता दिनुपर्ने बताउनुभयो । श्री प्रेम मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले ताघ्रिङलाई अध्ययन क्षेत्र बनाएकोमा खुशी प्रकट गर्दै लमजुङ जिल्ला भुगोलविद हर्क गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल हो भन्नुभयो । वागीश्वरी कलेजका सामाजिक कार्यका शिक्षक एवं सभापति मंगलेश्वर ध्वजूले भक्तपुर र लमजुङ जिल्लाको समानताबारे चर्चा गर्दै सामाजिक कार्य शिविरको महत्व र उद्देश्यबारे पनि प्रष्ट्याउनुभयो ।
कलेजका शिक्षक सुन्दर ग्वाछाले सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । सुनौलो आमा समूह, आम जनसमुदायको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरू भावना भडेल, दिपिका अधिकारी, स्पर्णिमा थापा, मिलन श्रेष्ठ, रेश्मा श्रेष्ठ, मेनका ब्याञ्जु, निगिसा कपालीलगायतले बोल्नुभएको थियो । शिविरको पहिलो दिन आमा समूह र विद्यालयले शिविरमा सहभागीहरूलाई भव्य स्वागत गरेको थियो । सो कार्यक्रममा टोल संयोजक शेरबहादुर गुरुङ, आमा समूहका मनिता गुरुङ, जेष्ठ नागरिक गोपाल गुरुङले शिविरको सफलताको कामना गर्नुभयो । जम्मा चौध घरधुरीमा विद्यार्थीहरू होम स्टेमा बसेका थिए । शिविरको दोस्रो दिन प्रधानाध्यापक कुलप्रसाद गुरुङले लमजुङ जिल्लाको परिचय दिनुभयो । पाँच समूहमा विभाजित विद्यार्थीहरूले ६० घरधुरीलाई नमुना छनौट गरी स्वास्थ्य, शिक्षा, यातायात, आर्थिक अवस्था र सामाजिक समस्याबारे सामाजिक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणपश्चात् आमा समूहका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर, २३ मङ्सिर । वागीश्वरी कलेज मानविकी सङ्कायको आयोजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत महिला र बालबालिका विरुद्ध हुने हिंसा रोक्न ऐक्यबद्धता नाराका साथ विविध शिर्षकमा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो । “व्यक्तित्व विकासमा समान अवसर नपाउञ्जेलसम्म हिंसा अन्त्य हुँदैन । समाजमा व्याप्तअसमानताले नै हिंसा उत्पन्न हुन्छ ।” कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवं कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सो भनाई राख्नुभयो । वैदेशिक रोजगारले पनि हिंसालाई बढावा दिइएको चर्चा गर्दै नयाँ पुस्ताले नै हिंसाको अन्त गर्नुपर्ने प्रजापतिले बताउनुभयो । स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरुले लैङ्गिक हिंसा, दोस्रो वर्षका विद्यार्थीहरुले यौन हिंसा र साइबर अपराध शिर्षकमा प्रस्तुतीकरण गरेका थिए । मानविकी सङ्कायका इञ्चार्ज राजन फेलुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सामाजिक कार्य प्रथम वर्षका विद्यार्थी किशोर बस्नेतले स्वागत गर्नुभएको थियो साथै व्यवस्थापन सङ्कायका रिया सुवाल, मानविकी सङ्कायका दिपेन मानन्धर, कृपा प्रजापति, विनोद राजवंशी, तेन्जिङ डोल्मा लामा, प्रणिता अधिकारी, गौरव लामिछानेलगायतका विद्यार्थीहरुले बोल्नुभएको थियो ।
भक्तपुर, २० मङ्सिर । वागीश्वरी कलेजको दशौं कलेज सभा मङ्गलबार सम्पन्न भएको छ । कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रगतिसँगै शत्रु बढ्ने भएकोले कमीकमजोरीलाई निरुत्साहित गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । जे गर्छ अब भक्तपुरले गर्छ भन्ने जनताको विचारलाई देशव्यापी बनाउन नेमकिपाले देशको अधिकांश जिल्लामा उम्मेदवारी दिँदा कसैको विरोध नभएको स्पष्ट पार्नुभयो । नेमकिपाले भक्तपुरमा अवलम्बन गर्दै आएको समाजवादउन्मुख प्रणालीलाई देशभरबाट नियालिरहेको बताउँदै ठूला राजनीतिक दलको विचारहीन, सिद्धान्तहीन राजनीतिबाट देश अस्थिर हुन्छ भन्नुभयो । नेमकिपाको तर्फबाट बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गर्नुभयो । आजकल कुनै पनि संस्थामा कार्यरत व्यक्तिले कति समय पुस्तकालयमा बिताउँछ भन्ने आधारमा पनि त्यस संस्थाले कस्तो जनशक्ति उत्पादन गर्छ भन्ने अनुमान गर्न सकिने भनाईलाई उद्धृत गर्दै उहाँले समाजमा हुने गरेको अन्धविश्वासलाई चिर्नको लागि बौद्धिक वर्गले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
देशको समसामयिक विषयवस्तु, विभिन्न समस्या तथा चुनौतीहरुबारे नियमित रूपमा मासिक अन्तरक्रिया गरी कलेजलाई चिन्तनको चौतारी बनाउन जोड दिँदै उहाँले समाज परिवर्तनको लागि तयार हुने विद्यार्थी उत्पादन गर्नेतिर ध्यान दिन अनुरोध गर्नुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले युवा पुस्तालाई समेट्नका लागि अनुसन्धानमा जोड दिँदै भक्तपुरको असल अभ्यास अध्ययन गर्न पाकिस्तानबाट भक्तपुर नगरपालिकाको भ्रमण हुनुबाट भनपा अन्तर्राष्ट्रियस्तरमै परिचित भएको स्पष्ट पार्नुभयो । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने नेमकिपाको उद्देश्यलाई पूर्ति गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुरका जनता सङ्घर्षरत रहेको हुँदा हरेक कोणबाट वागीश्वरी कलेजको तर्फबाट पनि सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समसामयिक विषयवस्तुबारे जानकारी गराउँदै गलत बाटोमा जानबाट रोक्ने प्रयास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत शैक्षिक वर्ष २०७८÷२०७९ को कलेजको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७९÷०८० को बजेट तथा आ.व. २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरियो । कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कलेजका संयोजक ज्ञानसागर प्रजापति, शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।
भक्तपुर, १२ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी कलेज भक्तपुरको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको छ । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८’ को शिक्षा बजेटबाट रु. ४९ लाख ३० हजारको लागतमा कलेजको भवन निर्माण भइरहेको हो । निरीक्षणको क्रममा उहा“ले कार्यप्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तरीयमा विशेष ध्यान दिन सुझाव दिनुभयो साथै उहा“ले भवन पूरा गर्न थप सहयोगको लागि प्रदेशमा प्रयास भइरहेको पनि जानकारी दिनुभयो । कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेजका अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्य र कलेज भवन निर्माण उपभोक्ता समितिका सचिव ज्ञानसागर प्रजापतिले स्वागत गर्दै निर्माणाधीन भवन निरीक्षणमा सहजीकरण गर्नुभएको थियो । सो अवसरमा सांसद गोसाईसित प्राचार्य श्रेष्ठले भवन निर्माण सम्पन्न गर्न अब अन्तिम एक तलामात्र बा“की रहेको हु“दा थप सहयोगको निम्ति आग्रह गर्नुभयो भने उपभोक्ता समितिका सचिव प्रजापतिले निकासा भएको रकमको सम्पूर्ण विल भर्पाई फछ्र्यौटका लागि भनपामा पेश गरिसकेको जानकारी दिनुभयो । कलेजको लागि प्रदेशको बजेट भक्तपुर नगरपालिकामार्फत निकास हुने गरिएको छ ।
११ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक तीन दिने कार्यशाला शुरु भएको छ । कार्यशालाका प्रमुख अतिथि बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले आइसीटीको महत्वमाथि प्रकाश पार्दै चीन र प्रजग कोरियालगायतका समाजवादी देशहरुका प्रगतिमा आइसीटीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नयाँ पुस्ता आइसीटीसित जति अभ्यस्त भइरहेका छन् त्यति नै सामाजिक जीवनबाट टाढिँदै नयाँ पुस्ता एक्लोपन हुँदै गएको तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई देशभक्ति भावना दिन नसके सिकेको सीप आफन्ै देशकाविरुद्ध दुरुपयोग हुन सक्छ भन्नुभयो । विद्यार्थीलाई सीमित पाठ्यपुस्तकको घेरामा नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक विषयमा पनि जानकार बनाई राख्न सुझाव दिँदै नेमकिपाले एमसीसीको निरन्तर विरोध गरिरहेको तथ्य आज एसपीपीले थप पुष्टि गरेको छ भन्दै उहाँले संरा अमेरिकाले चीनलाई घेर्ने नीतिअनुरुप यी गतिविधि भइरहेको र त्यसको नकारात्मक प्रभाव नेपालमा देखा परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई स्ट्रङ, स्मार्ट र स्माइलका साथ पठनपाठन गर्न सके शिक्षण सिकाइ प्रभावकारी हुने पनि उहाँले बताउनुभयो । कार्यक्रमको सभापति प्रा.डा. सिद्धिवीर कर्माचार्यले सत्यनिष्ठ, इमान्दारी र सरल जीवनलाई जोड दिँदै अरुको निम्ति उदाहरणीय बन्नुपर्छ भन्दै ती विना कोही कही सफल हुँदैन भन्नुभयो । हरेक विषयमा आइसीटीले गर्ने सूक्ष्म विश्लेषणको आधारमा काम गर्न सके कोही पनि असफल नहुने चर्चा गर्दै उहाँले शिक्षकहरुलाई सक्रिय जीवनको लागि सुझाव दिनुभयो । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र स्कुलका +२ संयोजक ज्ञानसागर प्रजापतिले पनि आइसीटीबारे आ–आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा ई. राजन कर्माचार्य, आईटी कन्सल्ट्यान्ट पदमराज पन्तले प्रशिक्षण गर्नुभएको थियो । कार्यशाला असार १२ र १३ गते सम्म चल्ने छ ।
भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो । विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहिन रूपमा हेरिरहेको हुँदा हामीले आफूलाई सोही अनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो । कोरोना महमारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कुल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्क रूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा भनपाको तर्फबाट सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो । आत्मनिर्भरता विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्वभाव धेरै हुन्छ ।” अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो । नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो । ‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दै छौँ । सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।’ उहाँले भन्नुभयो । वागीश्वरी स्कुलले सिद्धिशारदा प्रावि र ब्रह्मचारिणी प्रावि सबल बनाए जस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो । अब वागीश्वरी कलेजले भक्तपुर अन्य कलेजहरूसँग पनि सहकार्य गरी सिङ्गो भक्तपुरको शैक्षिक प्रगतिमा योगदान पु¥याउने प्रयास आगामी दिन गर्दै जाने पनि उहाँले प्रष्ट्याउनुभयो । सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिँदै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो । प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि विभिन्न चार ओटा प्रस्ताव पेश गर्नुभयो– पहिलो प्रस्तावमा कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, दोस्रो प्रस्ताव कलेज विधान पारित गर्ने, तेस्रो आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र चौथौं २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने । प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ । सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।
भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘Qualitative and Quantitative Research’ विषयमा तीनदिने कार्यशाला गोष्ठीको असोज २२ गते शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । अध्यक्ष बिजुक्छेँले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुहुँदै विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताउनुभयो । नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पार्नका साथै नेपालको गुप्त प्रतिवेदनहरु विदेश पु¥याउने काम गरिरहेका छन्, उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसीसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको बताउनुभयो । उहाँले राम्रा विद्यार्थीहरु राजनीतिक गतिविधिमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो । वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरु अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो । शेयर कारोबारले नेपाली लगानीकर्ताहरुलाई नराम्रोसँग डुबाउने खतरा भएको आंैल्याउनुहुँदै उहाँले पुँजीवादी व्यवस्थालाई समाप्त पारी समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेमकिपा लागिरहेको बताउनुभयो । नेपालमा सञ्चालित गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुको गतिविधिले विकासको नाममा नेपालीलाई दास बनाइरहेको र देशलाई उपनिवेश बनाउने खतरा रहेको चर्चा गर्नुहुँदै उहाँले अरूको भरमा काम गर्ने मानसिकताले परनिर्भरतातर्फ धकेल्ने प्रष्ट पार्नुभयो । वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले शिक्षण—सिकाइको क्रियाकलापमा अनुसन्धानको महत्वबारे प्रष्ट पार्नुहुँदै शिक्षक—कर्मचारीहरुले आफूमा भएको ज्ञान विद्यार्थीमार्फत उजागर गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुसन्धानको महत्वलाई बुझेर वागीश्वरी कलेजले यस वर्ष रु. २६ लाख बजेट विनियोजन गरेको बताउनुहुँदै वागीश्वरीलाई अनुसन्धानको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने योजनाअनुरूप कलेजमा कार्यरत शिक्षकहरुलाई विभिन्न विषयमा कार्यशाला गोष्ठीहरुमा जोड दिइरहेको बताउनुभयो । वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका उपप्राध्यापक राजन चौगुठीले पनि बोल्नुभएको थियो ।