वागीश्वरी कलेजका विद्यार्थीहरुमाझ जिल्ला न्यायधिसद्वारा प्रशिक्षण

भक्तपुर । वागीश्वरी कलेजको सहकार्यमा भक्तपुर जिल्ला अदालतका न्यायाधिशद्वारा फागुन १९ गते शुक्रबार वागीश्वरी कलेज सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वागीश्वरी कलेजका स्नातक तह मानविकी तथा व्यवस्थापन सङ्काय तेस्रो वर्ष र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन सङ्काय प्रथम सेमेष्टरका विद्यार्थी तथा शिक्षकहरुबिच सो अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो
प्रमुख अतिथिमा रहनुभएका भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधिश श्री तीर्थराज के.सीले ‘समुदायमा हाम्रो अदालत’ बाह्य पहुँच कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई जनतामाझ न्यायिक जनचेतना जगाउन न्यायलय आफै जनतामाझ पुग्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा माननीय जिल्ला न्यायाधिश श्री महेन्द्र प्रसाद पोखरेलले पावर प्वइटबाट विद्यार्थीहरुलाई न्यायिक क्षेत्र, न्यायिक पहुँच, जनचेतनालगायत कानुनी तथा संबैधानिक कुराहरुबारे प्रशिक्षण दिनुभएको थियो । श्रेस्तेदार श्री ऋतबहादुर पुलामी, भक्तपुर शाखा अधिकृत नवराज खनाल तथा जेमिना प्रधान पनि कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका थिए ।
त्यसै गरी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै न्यायिक क्षेत्रका कानुनी ज्ञान पनि आवश्यक रहेको वागीश्वरी कलेज प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रममा बताउनुहुँदै कलेजको तर्फबाट अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

ग्रामीण विकास विषयका विद्यार्थीहरू तेल मिलमा

भक्तपुर । वागीश्वरी कलेज भक्तपुरमा ग्रामीण विकास विषय लिई अध्ययनरत विद्यार्थीहरूको फागुन १० गते एकदिने शैक्षिक भ्रमण सम्पन्न भएको छ । स्थानीय कौशलटारमा तोरी पेली तेल निकाल्ने प्रविधिको अवलोकन गर्नुका साथै पिनाको सही सदुप्रयोगबारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिइएको थियो ।
३२ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त भ्रमणमा शिक्षकद्वय सुशीला घजू र सुन्दर ग्वाछाले किताबमा पढेको ज्ञानलाई व्यवहारमा विद्यार्थीलाई देखाउन र विद्यार्थीहरू जागिरमुखीभन्दा पनि उद्यमशील बन्न बनाउन उत्साहित गर्न यस्ता भ्रमणहरू नियमति रूपमा विभिन्न ठाउँमा गराउँदै आएको जानकारी दिनुभयो ।
अवलोकनकर्ता विद्यार्थीहरूमध्ये गौरव लामिछानेका अनुसार यो भ्रमणबाट अर्गानिक अन्न अनाजको महत्वबोध हुनुका साथै आफूहरूलाई उद्यमशील बन्न पे्ररित गरिएको छ । अर्गानिक खानालाई जोड दिन सके धेरै रोगव्याधी कम हुने रहेछ भन्दै विद्यार्थी लामिछानेले ग्रामीण क्षेत्रबाट सङ्कलित अर्गानिक अनेक दाल, चामल, मकै र गहुँका च्याँख्लाहरू, मह, फापर, कोदोको पीठो, आलस, बोडी, राजमा बेसार, जिम्मुहरू हेर्दा ग्रामीण क्षेत्रका विकासका सम्भावना धेरैै देखिएको र देशलाई आत्मनिर्भर बनाउन सकिने विश्वास आफूहरूमा विकास भएको अनुभव सुनाउनुभयो ।

सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ ः अध्यक्ष बिजुक्छे

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको ६४ औ“, वागीश्वरी कलेजको १५ औ“ र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे“ (रोहित) ले फागुन ११ बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले शासक दलहरूबाट गरिब जनतालाई शिक्षाको पहु“चबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेको तर्फ सचेत हुनुपर्नेमा जोड दि“दै सरकारको नीतिगत खोटको विरोध र आलोचना देशभक्त जनताले निरन्तर गरिरहनुपर्ने बताउनुभयो ।
विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने विचार व्यक्त गर्दै उहा“ले व्यक्तिगत स्वार्थबाट टाढा रही सिड्डो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको बताउनुभयो ।
शासक दलहरूले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै उहा“ले नया“ पुस्ताका विद्यार्थीहरूलाई विश्वको इतिहास र भूगोलबारे राम्रोस“ग सिकाउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरीअन्तर्गत ३ वटा शैक्षिक संस्थाहरू संयुक्तरूपमा अगाडि बढाइरहेको उल्लेख गर्दै देशकै नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने उद्देश्यअनुरूप यी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको बताउनुभयो ।

उहा“ले सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरण वागीश्वरी रहेको बताउ“दै वागीश्वरीले हरेक चुनौतीलाई अवसरको रूपमा परिणत गरी आजको सफलता हासिल गरेको हो भन्नुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्दै आइरहेको र पाठ्यक्रमको व्यावहारिक र वैज्ञानिक ढड्डले अगाडि बढाउन जरुरी रहेको उहा“ले बताउनुभयो ।
घोकन्ते विद्याको औचित्यता नरहेको प्रस्ट पार्दै उहा“ले विद्यार्थीहरूलाई आफैले केही सिक्ने वातावरण विद्यालयले प्रदान गर्न सके विद्यार्थीहरू तुलनात्मकरूपमा अगाडि बढ्नेछन् भन्नुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सै“जुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा वागीश्वरीले शिक्षामा नमुना काम गरी नवीन आयाम थपिरहेको बताउ“दै ख्वप विश्वविद्यालय स्थापनाको निम्ति सङ्घर्ष जारी रहने बताउनुभयो ।
उहा“ले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको बताउ“दै वागीश्वरीले बीबीएको कक्षा सञ्चालनस“गै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयहरूको रूपमा सञ्चालनमा रहेको बताउ“दै स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रूपमा अगाडि बढाउन टेवा पुगेको चर्चा गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्रप्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको स्पष्ट गर्दै भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रूपमा विकास हुन सफल भएको बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वागीश्वरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त समारोहमा सहायक प्रधानाध्यापक उकेश सुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोही क्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक राजन लाखाले स्वागत गर्नुभएको थियो भने संयुक्त परीक्षा समितिका संयोजक श्रीकृष्ण किसी, विद्यार्थी प्रतिनिधि विद्यालय चा“दनीरानी वैद्य, कलेजका तर्फबाट तेन्जिङ डोल्मा लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छे“ले प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रावि शिक्षक प्रमिला प्रधान, प्रावि शिक्षक ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक तथा कर्मचारी, कक्षा ११ वार्षिक र १२ प्रिबोर्ड पुरस्कार, कलेजको प्रिबोर्ड पुरस्कार, एसईई टपर मेडल, प्लस टु टपर मेडल, टेक्स टपर मेडल, स्नातक टपरलाई मेडल तथा पुरस्कार वितरण गर्नुभयो ।
छात्रवृत्तिको निम्ति अक्षयकोष राख्नुभएका दाताहरूले कोषबाट प्राप्त छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण गर्न सम्बन्धित वर्ग शिक्षकहरूलाई हस्तान्तरण गर्नुभएको थियो ।
कोषका दाताहरूमा मोहनप्रसाद प्रजापति, नारायणी मानन्धर, पूर्वविद्यार्थी समाजतर्फ बाट अध्यक्ष रत्नप्रसाद प्रजापति, कृष्णराम–कृष्णलक्ष्मी प्रजापति, सिद्धिवीर कर्माचार्य, गोविन्द–बुद्धमाया लवजु रहनुभएको छ ।
कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्यले आफ्ना मातापिता रुक्मणी र रत्नवीर कर्माचार्यको नाममा थप रु. १ लाख ४४४४ रुपैया“को अर्को अक्षय कोषको लागि चेक हस्तान्तरण गर्नुभएको थियो ।

वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरूको शिविर लमजुङको ताघ्रिङमा

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरूको चार दिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरू स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे अध्ययन गरेकोले विद्यार्थीहरूलाई धन्यवाद दिँदै उहाँले श्री प्रेम मिलन माध्यमिक विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयबीच भगिनी सम्बन्ध कायम गर्न सक्ने अभिलाषा व्यक्त गर्नुभयो ।
सो गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले भक्तपुरका विद्यार्थीहरू र स्थानीय गुरुङ समुदायका विद्यार्थीहरूबीच मितेरी सम्बन्ध गाँसी गुरुङ संस्कृतिलाई जीवन्तता दिनुपर्ने बताउनुभयो ।
श्री प्रेम मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले ताघ्रिङलाई अध्ययन क्षेत्र बनाएकोमा खुशी प्रकट गर्दै लमजुङ जिल्ला भुगोलविद हर्क गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल हो भन्नुभयो ।
वागीश्वरी कलेजका सामाजिक कार्यका शिक्षक एवं सभापति मंगलेश्वर ध्वजूले भक्तपुर र लमजुङ जिल्लाको समानताबारे चर्चा गर्दै सामाजिक कार्य शिविरको महत्व र उद्देश्यबारे पनि प्रष्ट्याउनुभयो ।


कलेजका शिक्षक सुन्दर ग्वाछाले सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । सुनौलो आमा समूह, आम जनसमुदायको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरू भावना भडेल, दिपिका अधिकारी, स्पर्णिमा थापा, मिलन श्रेष्ठ, रेश्मा श्रेष्ठ, मेनका ब्याञ्जु, निगिसा कपालीलगायतले बोल्नुभएको थियो ।
शिविरको पहिलो दिन आमा समूह र विद्यालयले शिविरमा सहभागीहरूलाई भव्य स्वागत गरेको थियो । सो कार्यक्रममा टोल संयोजक शेरबहादुर गुरुङ, आमा समूहका मनिता गुरुङ, जेष्ठ नागरिक गोपाल गुरुङले शिविरको सफलताको कामना गर्नुभयो । जम्मा चौध घरधुरीमा विद्यार्थीहरू होम स्टेमा बसेका थिए ।
शिविरको दोस्रो दिन प्रधानाध्यापक कुलप्रसाद गुरुङले लमजुङ जिल्लाको परिचय दिनुभयो । पाँच समूहमा विभाजित विद्यार्थीहरूले ६० घरधुरीलाई नमुना छनौट गरी स्वास्थ्य, शिक्षा, यातायात, आर्थिक अवस्था र सामाजिक समस्याबारे सामाजिक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणपश्चात् आमा समूहका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध कार्यक्रम सम्पन्न

भक्तपुर, २३ मङ्सिर । वागीश्वरी कलेज मानविकी सङ्कायको आयोजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत महिला र बालबालिका विरुद्ध हुने हिंसा रोक्न ऐक्यबद्धता नाराका साथ विविध शिर्षकमा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो ।
“व्यक्तित्व विकासमा समान अवसर नपाउञ्जेलसम्म हिंसा अन्त्य हुँदैन । समाजमा व्याप्तअसमानताले नै हिंसा उत्पन्न हुन्छ ।” कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवं कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सो भनाई राख्नुभयो ।
वैदेशिक रोजगारले पनि हिंसालाई बढावा दिइएको चर्चा गर्दै नयाँ पुस्ताले नै हिंसाको अन्त गर्नुपर्ने प्रजापतिले बताउनुभयो ।
स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरुले लैङ्गिक हिंसा, दोस्रो वर्षका विद्यार्थीहरुले यौन हिंसा र साइबर अपराध शिर्षकमा प्रस्तुतीकरण गरेका थिए ।
मानविकी सङ्कायका इञ्चार्ज राजन फेलुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सामाजिक कार्य प्रथम वर्षका विद्यार्थी किशोर बस्नेतले स्वागत गर्नुभएको थियो साथै व्यवस्थापन सङ्कायका रिया सुवाल, मानविकी सङ्कायका दिपेन मानन्धर, कृपा प्रजापति, विनोद राजवंशी, तेन्जिङ डोल्मा लामा, प्रणिता अधिकारी, गौरव लामिछानेलगायतका विद्यार्थीहरुले बोल्नुभएको थियो ।

वागीश्वरी कलेजको दशौं कलेज सभा सम्पन्न

भक्तपुर, २० मङ्सिर । वागीश्वरी कलेजको दशौं कलेज सभा मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रगतिसँगै शत्रु बढ्ने भएकोले कमीकमजोरीलाई निरुत्साहित गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
जे गर्छ अब भक्तपुरले गर्छ भन्ने जनताको विचारलाई देशव्यापी बनाउन नेमकिपाले देशको अधिकांश जिल्लामा उम्मेदवारी दिँदा कसैको विरोध नभएको स्पष्ट पार्नुभयो ।
नेमकिपाले भक्तपुरमा अवलम्बन गर्दै आएको समाजवादउन्मुख प्रणालीलाई देशभरबाट नियालिरहेको बताउँदै ठूला राजनीतिक दलको विचारहीन, सिद्धान्तहीन राजनीतिबाट देश अस्थिर हुन्छ भन्नुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आजकल कुनै पनि संस्थामा कार्यरत व्यक्तिले कति समय पुस्तकालयमा बिताउँछ भन्ने आधारमा पनि त्यस संस्थाले कस्तो जनशक्ति उत्पादन गर्छ भन्ने अनुमान गर्न सकिने भनाईलाई उद्धृत गर्दै उहाँले समाजमा हुने गरेको अन्धविश्वासलाई चिर्नको लागि बौद्धिक वर्गले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


देशको समसामयिक विषयवस्तु, विभिन्न समस्या तथा चुनौतीहरुबारे नियमित रूपमा मासिक अन्तरक्रिया गरी कलेजलाई चिन्तनको चौतारी बनाउन जोड दिँदै उहाँले समाज परिवर्तनको लागि तयार हुने विद्यार्थी उत्पादन गर्नेतिर ध्यान दिन अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले युवा पुस्तालाई समेट्नका लागि अनुसन्धानमा जोड दिँदै भक्तपुरको असल अभ्यास अध्ययन गर्न पाकिस्तानबाट भक्तपुर नगरपालिकाको भ्रमण हुनुबाट भनपा अन्तर्राष्ट्रियस्तरमै परिचित भएको स्पष्ट पार्नुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने नेमकिपाको उद्देश्यलाई पूर्ति गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुरका जनता सङ्घर्षरत रहेको हुँदा हरेक कोणबाट वागीश्वरी कलेजको तर्फबाट पनि सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समसामयिक विषयवस्तुबारे जानकारी गराउँदै गलत बाटोमा जानबाट रोक्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत शैक्षिक वर्ष २०७८÷२०७९ को कलेजको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७९÷०८० को बजेट तथा आ.व. २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरियो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कलेजका संयोजक ज्ञानसागर प्रजापति, शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।

सांसद गोसाई वागीश्वरी कलेजको निर्माणाधीन भवन निरीक्षणमा

भक्तपुर, १२ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी कलेज भक्तपुरको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको छ । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८’ को शिक्षा बजेटबाट रु. ४९ लाख ३० हजारको लागतमा कलेजको भवन निर्माण भइरहेको हो ।
निरीक्षणको क्रममा उहा“ले कार्यप्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तरीयमा विशेष ध्यान दिन सुझाव दिनुभयो साथै उहा“ले भवन पूरा गर्न थप सहयोगको लागि प्रदेशमा प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेजका अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्य र कलेज भवन निर्माण उपभोक्ता समितिका सचिव ज्ञानसागर प्रजापतिले स्वागत गर्दै निर्माणाधीन भवन निरीक्षणमा सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा सांसद गोसाईसित प्राचार्य श्रेष्ठले भवन निर्माण सम्पन्न गर्न अब अन्तिम एक तलामात्र बा“की रहेको हु“दा थप सहयोगको निम्ति आग्रह गर्नुभयो भने उपभोक्ता समितिका सचिव प्रजापतिले निकासा भएको रकमको सम्पूर्ण विल भर्पाई फछ्र्यौटका लागि भनपामा पेश गरिसकेको जानकारी दिनुभयो । कलेजको लागि प्रदेशको बजेट भक्तपुर नगरपालिकामार्फत निकास हुने गरिएको छ ।

वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु

११ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक तीन दिने कार्यशाला शुरु भएको छ । कार्यशालाका प्रमुख अतिथि बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले आइसीटीको महत्वमाथि प्रकाश पार्दै चीन र प्रजग कोरियालगायतका समाजवादी देशहरुका प्रगतिमा आइसीटीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नयाँ पुस्ता आइसीटीसित जति अभ्यस्त भइरहेका छन् त्यति नै सामाजिक जीवनबाट टाढिँदै नयाँ पुस्ता एक्लोपन हुँदै गएको तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई देशभक्ति भावना दिन नसके सिकेको सीप आफन्ै देशकाविरुद्ध दुरुपयोग हुन सक्छ भन्नुभयो ।
विद्यार्थीलाई सीमित पाठ्यपुस्तकको घेरामा नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक विषयमा पनि जानकार बनाई राख्न सुझाव दिँदै नेमकिपाले एमसीसीको निरन्तर विरोध गरिरहेको तथ्य आज एसपीपीले थप पुष्टि गरेको छ भन्दै उहाँले संरा अमेरिकाले चीनलाई घेर्ने नीतिअनुरुप यी गतिविधि भइरहेको र त्यसको नकारात्मक प्रभाव नेपालमा देखा परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई स्ट्रङ, स्मार्ट र स्माइलका साथ पठनपाठन गर्न सके शिक्षण सिकाइ प्रभावकारी हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको सभापति प्रा.डा. सिद्धिवीर कर्माचार्यले सत्यनिष्ठ, इमान्दारी र सरल जीवनलाई जोड दिँदै अरुको निम्ति उदाहरणीय बन्नुपर्छ भन्दै ती विना कोही कही सफल हुँदैन भन्नुभयो । हरेक विषयमा आइसीटीले गर्ने सूक्ष्म विश्लेषणको आधारमा काम गर्न सके कोही पनि असफल नहुने चर्चा गर्दै उहाँले शिक्षकहरुलाई सक्रिय जीवनको लागि सुझाव दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र स्कुलका +२ संयोजक ज्ञानसागर प्रजापतिले पनि आइसीटीबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा ई. राजन कर्माचार्य, आईटी कन्सल्ट्यान्ट पदमराज पन्तले प्रशिक्षण गर्नुभएको थियो । कार्यशाला असार १२ र १३ गते सम्म चल्ने छ ।

वागीश्वरी कलेजको नवौँ कलेज सभा सम्पन्न

भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।
विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहिन रूपमा हेरिरहेको हुँदा हामीले आफूलाई सोही अनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।
कोरोना महमारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कुल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्क रूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा भनपाको तर्फबाट सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो ।
आत्मनिर्भरता विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्वभाव धेरै हुन्छ ।”
अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो ।
‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दै छौँ । सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।’ उहाँले भन्नुभयो ।
वागीश्वरी स्कुलले सिद्धिशारदा प्रावि र ब्रह्मचारिणी प्रावि सबल बनाए जस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
अब वागीश्वरी कलेजले भक्तपुर अन्य कलेजहरूसँग पनि सहकार्य गरी सिङ्गो भक्तपुरको शैक्षिक प्रगतिमा योगदान पु¥याउने प्रयास आगामी दिन गर्दै जाने पनि उहाँले प्रष्ट्याउनुभयो ।
सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिँदै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि विभिन्न चार ओटा प्रस्ताव पेश गर्नुभयो– पहिलो प्रस्तावमा कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, दोस्रो प्रस्ताव कलेज विधान पारित गर्ने, तेस्रो आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र चौथौं २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने ।
प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ ।
सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।

‘Qualitative and Quantitative Research’ विषयक तीनदिने कार्यशाला गोष्ठी सुरु

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘Qualitative and Quantitative Research’ विषयमा तीनदिने कार्यशाला गोष्ठीको असोज २२ गते शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुहुँदै विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पार्नका साथै नेपालको गुप्त प्रतिवेदनहरु विदेश पु¥याउने काम गरिरहेका छन्, उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसीसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको बताउनुभयो । उहाँले राम्रा विद्यार्थीहरु राजनीतिक गतिविधिमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरु अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो ।
शेयर कारोबारले नेपाली लगानीकर्ताहरुलाई नराम्रोसँग डुबाउने खतरा भएको आंैल्याउनुहुँदै उहाँले पुँजीवादी व्यवस्थालाई समाप्त पारी समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेमकिपा लागिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुको गतिविधिले विकासको नाममा नेपालीलाई दास बनाइरहेको र देशलाई उपनिवेश बनाउने खतरा रहेको चर्चा गर्नुहुँदै उहाँले अरूको भरमा काम गर्ने मानसिकताले परनिर्भरतातर्फ धकेल्ने प्रष्ट पार्नुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले शिक्षण—सिकाइको क्रियाकलापमा अनुसन्धानको महत्वबारे प्रष्ट पार्नुहुँदै शिक्षक—कर्मचारीहरुले आफूमा भएको ज्ञान विद्यार्थीमार्फत उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुसन्धानको महत्वलाई बुझेर वागीश्वरी कलेजले यस वर्ष रु. २६ लाख बजेट विनियोजन गरेको बताउनुहुँदै वागीश्वरीलाई अनुसन्धानको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने योजनाअनुरूप कलेजमा कार्यरत शिक्षकहरुलाई विभिन्न विषयमा कार्यशाला गोष्ठीहरुमा जोड दिइरहेको बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका उपप्राध्यापक राजन चौगुठीले पनि बोल्नुभएको थियो ।