वागीश्वरी कलेजका विद्यार्थीहरुको तीन दिने क्याम्प सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बी.ए. तथा बी.एस.डब्लु. पहिलो वर्षमा समाजशास्त्र तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरूको तीन दिने “Summer Urban camp” फर्पिङस्थित शिखरापुर क्याम्पसमा सम्पन्न भएको छ ।

उक्त शिविरमा शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठले विद्यार्थीहरुलाई बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट सञ्चालित गाई फार्म, कुखुरा फार्म र कृषि फार्मको अवलोकन गराएका थिए ।
खेर गएका बोटल, पराल, कपाल तथा माटोबाट वातावरणमैत्री, भुकम्प प्रतिरोधात्मक र कम लागतमा बोटल हाउस निर्माण गरेको प्राचार्य श्रेष्ठले बताउनुभयो ।
विद्यार्थीहरुले शिखरापुर सामुदायिक क्याम्पस, शिखरापुर सामुदायिक विद्यालय, कृषि सिकाइ अनुसन्धान केन्द्र र शिखरापुर खुला विद्यालयको अवलोकन गर्नुका साथसाथै कृषि जे.टि.ए. सरिता नगरकोटिको विशेष सहयोगमा विद्यार्थीहरुले तरकारी (काक्रो, लौ“का, घिरौ“ला, फर्सी) रोप्ने अनुभव प्राप्त गरेका थिए ।
विद्यार्थीहरूका दुई समुहले शिखरापुरको ३० घरधुरीलाई नमुना छनोट गरी विवाहित महिलाहरूको आर्थिक अवस्थाबारे सर्वेक्षण गरेका थिए ।


उक्त सर्वेक्षणमा बढी महिलाहरु कम उमेरमा विवाह हुने, आधारभुत कक्षासम्म मात्रको पढाइ र कृषि पेशामा आवद्ध रहेको पाइएको थियो । नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नपाउ“दा विभिन्न तालिम लिनबाट वञ्चित भएको गुनासो सर्वेक्षणमा देखिएको थियो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रवक्ता तथा वडा. नं. ९ का अध्यक्ष अम्रिका बलामीले विदेशमा गएर गर्ने दुःख स्वदेशमै कृषिमा गरे देश आत्मनिर्भर बन्ने बताउनुका साथै कृषि तथा व्यवसाय गर्ने व्यक्तिहरूलाई नगरपालिकाले विशेष अनुदान दिने बताउनुभयो ।
यस्तै, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर के.सी.ले नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नदिने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै शिखरापुरलाई अध्ययन क्षेत्र बनाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका समाजशास्त्रका शिक्षिका एवं सभापति सुशिला कर्माचार्यले शिविरको महत्वबारे प्रष्टयाउ“दै शिविरबाट धेरै ज्ञान प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा शिखरापुर खुल्ला विद्यालयका संयोजक ललिता लामिछाने, रूक्मणी फाउण्डेशनका अध्यक्ष शशी शर्मा अर्याल, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका सचिव निशा विसुन्खे लगायतको उपस्थिति रहेको थियो ।

वागीश्वरी कलेजका विद्यार्थीहरुमाझ जिल्ला न्यायधिसद्वारा प्रशिक्षण

भक्तपुर । वागीश्वरी कलेजको सहकार्यमा भक्तपुर जिल्ला अदालतका न्यायाधिशद्वारा फागुन १९ गते शुक्रबार वागीश्वरी कलेज सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वागीश्वरी कलेजका स्नातक तह मानविकी तथा व्यवस्थापन सङ्काय तेस्रो वर्ष र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन सङ्काय प्रथम सेमेष्टरका विद्यार्थी तथा शिक्षकहरुबिच सो अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो
प्रमुख अतिथिमा रहनुभएका भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधिश श्री तीर्थराज के.सीले ‘समुदायमा हाम्रो अदालत’ बाह्य पहुँच कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई जनतामाझ न्यायिक जनचेतना जगाउन न्यायलय आफै जनतामाझ पुग्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा माननीय जिल्ला न्यायाधिश श्री महेन्द्र प्रसाद पोखरेलले पावर प्वइटबाट विद्यार्थीहरुलाई न्यायिक क्षेत्र, न्यायिक पहुँच, जनचेतनालगायत कानुनी तथा संबैधानिक कुराहरुबारे प्रशिक्षण दिनुभएको थियो । श्रेस्तेदार श्री ऋतबहादुर पुलामी, भक्तपुर शाखा अधिकृत नवराज खनाल तथा जेमिना प्रधान पनि कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका थिए ।
त्यसै गरी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै न्यायिक क्षेत्रका कानुनी ज्ञान पनि आवश्यक रहेको वागीश्वरी कलेज प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रममा बताउनुहुँदै कलेजको तर्फबाट अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

ग्रामीण विकास विषयका विद्यार्थीहरू तेल मिलमा

भक्तपुर । वागीश्वरी कलेज भक्तपुरमा ग्रामीण विकास विषय लिई अध्ययनरत विद्यार्थीहरूको फागुन १० गते एकदिने शैक्षिक भ्रमण सम्पन्न भएको छ । स्थानीय कौशलटारमा तोरी पेली तेल निकाल्ने प्रविधिको अवलोकन गर्नुका साथै पिनाको सही सदुप्रयोगबारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिइएको थियो ।
३२ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त भ्रमणमा शिक्षकद्वय सुशीला घजू र सुन्दर ग्वाछाले किताबमा पढेको ज्ञानलाई व्यवहारमा विद्यार्थीलाई देखाउन र विद्यार्थीहरू जागिरमुखीभन्दा पनि उद्यमशील बन्न बनाउन उत्साहित गर्न यस्ता भ्रमणहरू नियमति रूपमा विभिन्न ठाउँमा गराउँदै आएको जानकारी दिनुभयो ।
अवलोकनकर्ता विद्यार्थीहरूमध्ये गौरव लामिछानेका अनुसार यो भ्रमणबाट अर्गानिक अन्न अनाजको महत्वबोध हुनुका साथै आफूहरूलाई उद्यमशील बन्न पे्ररित गरिएको छ । अर्गानिक खानालाई जोड दिन सके धेरै रोगव्याधी कम हुने रहेछ भन्दै विद्यार्थी लामिछानेले ग्रामीण क्षेत्रबाट सङ्कलित अर्गानिक अनेक दाल, चामल, मकै र गहुँका च्याँख्लाहरू, मह, फापर, कोदोको पीठो, आलस, बोडी, राजमा बेसार, जिम्मुहरू हेर्दा ग्रामीण क्षेत्रका विकासका सम्भावना धेरैै देखिएको र देशलाई आत्मनिर्भर बनाउन सकिने विश्वास आफूहरूमा विकास भएको अनुभव सुनाउनुभयो ।

वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई शैलुङमा अध्ययन शिविर

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत समाजशास्त्रका विद्यार्थीहरुको तीन दिने सामुदायिक अध्ययन शिविर दोलखाको शैलुङ गाउँपालिकाको ढुङ्गेबजारलाई केन्द्रविन्दु गरी सम्पन्न भएको छ ।
दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने दोरम्बा गाउँपालिकास्थित श्री शिवलिङ्गेश्वर मा.वि.मा विद्यालयका प्राधानाध्यापक खड्गबहादुर शाक्यले पानसमा दीप प्रज्जवलन गरी सुरु भएको शिविरमा उहाँले विकट मानिएको गाउँ शैलुङमा सामाजिक साँस्कृतिक पक्ष तथा समसामयिक विषयमा अध्ययन हुनुले विकट स्थानले पनि महत्व पाएको आभास दिलाएको कुरा प्रष्ट पार्नुभयो ।
आधुनिकताको नाममा गाउँका विद्यार्थीहरु शहर पसिरहेको सन्दर्भमा नगरका विद्यार्थीहरु गाउँतिर आई अध्ययन अवलोकन गर्न आउनु सह«ानीय पक्ष रहेको तथ्य औल्याउनुहुँदै उहाँले वागीश्वरी कलेजको अध्ययनले शैलुङको सकारात्मक परिवर्तनमा देन पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका सामाजशास्त्रका शिक्षिका सुशीला कमाचार्यले व्यवहारिक सिकाइ दीगो हुने र जीवन्त सिकाइले समाजमा व्यवहारिकता कायम गर्ने र समाजको एकतामा जोड दिने भएकोले सामुदायिक शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सामुदायिक शिविरले दुई भूगोललाई सामाजिक र सांस्कृतिक रुपमा एक बनाउनमा मद्दत गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा शिक्षक अम्बर श्रेष्ठले कार्यक्रमको औचित्य प्रष्ट्याउनुहुँदै कार्यक्रम तालिका र योजनाबारे स्पष्ट पार्नुभएको थियो । प्रफुल कर्माचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रोशना सुवालले सञ्चालन, स्वागत सरिना दुमरुले गर्नुभएको थियो ।
शिविरको दोश्रो दिन प्रभातकालीन कार्यक्रम अन्तर्गत शैलुङ डाँडाको भौगोलिक, साँस्कृतिक तथा धार्मिक अध्ययनको लागि पदयात्रा कार्यक्रम सम्पन्न भयो भने दिवा सत्र अन्तर्गत शैलुङ्ग गाउँपालिकाको मेहेले फलाँटे, काँडे, चित्रे, बोटले, लहरे, वालसार्पा क्षेत्रमा दाइजो प्रथाले सिर्जित सामाजिक चुनौती र महिला हिंसाको परिवर्तित रूप शीर्षकमा सामाजिक सर्वेक्षण सम्पन्न गरेका थिए । उक्त अध्ययन क्षेत्रका २०० घरलाई नमुना छनौटको रूपमा लिइएको थियो । सोही क्रममा सहभागी विद्यार्थीहरुले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।

शिविरको तेश्रो तथा अन्तिम दिनको विहानी सत्रमा स्थानीय लालीगुराँस महिला समूहको सहयोगमा ‘पित्तृसत्तात्मक सोच, व्यवहार र सामाजिक परिणाम’ विषयमा अन्तरक्रिया सम्पन्न भयो । सो कार्यक्रममा संस्थाका अध्यक्ष दिलमाया तामाङले पित्तृसत्तात्मक सोच केही हदसम्म कायम रहेपनि पहिले भन्दा धेरै सुधार भएको बताउनुभयो । अर्का एक सहभागीले गाउँको महिलाहरुले उपचारको सुविधा नभएको कारण आफ्नो रोग लुकाउने गरेको कुरा बताएका थिए । बालविवाह तामाङ्ग समुदायमा बढ्नुको कारण भागी विवाह हुने गरेको कार्यक्रममा सहभागी सरिता तामाङ्गले बताइन् ।
सोही दिन सांस्कृतिक कार्यक्रम सहित शिविरको समापन गरिएको थियो । सो कार्यक्रमका शिक्षासेवी सुन्दर खड्काले वागीश्वर कलेजको शिविरले गाउँको शैक्षिक जगतमा एक ईट्टा थप्ने काम गरेको बताउनुभयो । ढुङ्गे सामुदायिक स्वास्थ्य इकाईका प्रमुख नागेन्द्र यादवले शिक्षालाई व्यवहारसँग जोड्ने शिविरको निरन्तरताको कामना गर्नुभयो । कलेजका प्राध्यापक सुशीला कर्माचार्यले विद्यार्थीहरु स्थानीय जनताहरुको माया र सहयोगबाट प्रभावित भएकोमा खुसी व्यक्त गर्नुभयो भने शिक्षक अम्बर श्रेष्ठले शिविरको सफलताका लागि सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो । सो कार्यक्रममा सर्वेक्षणको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम कलेजका विद्यार्थीहरु र स्थानीय विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

वागीश्वरी कलेजको दशौं कलेज सभा सम्पन्न

भक्तपुर, २० मङ्सिर । वागीश्वरी कलेजको दशौं कलेज सभा मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रगतिसँगै शत्रु बढ्ने भएकोले कमीकमजोरीलाई निरुत्साहित गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
जे गर्छ अब भक्तपुरले गर्छ भन्ने जनताको विचारलाई देशव्यापी बनाउन नेमकिपाले देशको अधिकांश जिल्लामा उम्मेदवारी दिँदा कसैको विरोध नभएको स्पष्ट पार्नुभयो ।
नेमकिपाले भक्तपुरमा अवलम्बन गर्दै आएको समाजवादउन्मुख प्रणालीलाई देशभरबाट नियालिरहेको बताउँदै ठूला राजनीतिक दलको विचारहीन, सिद्धान्तहीन राजनीतिबाट देश अस्थिर हुन्छ भन्नुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आजकल कुनै पनि संस्थामा कार्यरत व्यक्तिले कति समय पुस्तकालयमा बिताउँछ भन्ने आधारमा पनि त्यस संस्थाले कस्तो जनशक्ति उत्पादन गर्छ भन्ने अनुमान गर्न सकिने भनाईलाई उद्धृत गर्दै उहाँले समाजमा हुने गरेको अन्धविश्वासलाई चिर्नको लागि बौद्धिक वर्गले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


देशको समसामयिक विषयवस्तु, विभिन्न समस्या तथा चुनौतीहरुबारे नियमित रूपमा मासिक अन्तरक्रिया गरी कलेजलाई चिन्तनको चौतारी बनाउन जोड दिँदै उहाँले समाज परिवर्तनको लागि तयार हुने विद्यार्थी उत्पादन गर्नेतिर ध्यान दिन अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले युवा पुस्तालाई समेट्नका लागि अनुसन्धानमा जोड दिँदै भक्तपुरको असल अभ्यास अध्ययन गर्न पाकिस्तानबाट भक्तपुर नगरपालिकाको भ्रमण हुनुबाट भनपा अन्तर्राष्ट्रियस्तरमै परिचित भएको स्पष्ट पार्नुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने नेमकिपाको उद्देश्यलाई पूर्ति गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुरका जनता सङ्घर्षरत रहेको हुँदा हरेक कोणबाट वागीश्वरी कलेजको तर्फबाट पनि सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समसामयिक विषयवस्तुबारे जानकारी गराउँदै गलत बाटोमा जानबाट रोक्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत शैक्षिक वर्ष २०७८÷२०७९ को कलेजको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७९÷०८० को बजेट तथा आ.व. २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरियो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कलेजका संयोजक ज्ञानसागर प्रजापति, शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।

सांसद गोसाई वागीश्वरी कलेजको निर्माणाधीन भवन निरीक्षणमा

भक्तपुर, १२ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी कलेज भक्तपुरको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको छ । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८’ को शिक्षा बजेटबाट रु. ४९ लाख ३० हजारको लागतमा कलेजको भवन निर्माण भइरहेको हो ।
निरीक्षणको क्रममा उहा“ले कार्यप्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तरीयमा विशेष ध्यान दिन सुझाव दिनुभयो साथै उहा“ले भवन पूरा गर्न थप सहयोगको लागि प्रदेशमा प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेजका अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्य र कलेज भवन निर्माण उपभोक्ता समितिका सचिव ज्ञानसागर प्रजापतिले स्वागत गर्दै निर्माणाधीन भवन निरीक्षणमा सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा सांसद गोसाईसित प्राचार्य श्रेष्ठले भवन निर्माण सम्पन्न गर्न अब अन्तिम एक तलामात्र बा“की रहेको हु“दा थप सहयोगको निम्ति आग्रह गर्नुभयो भने उपभोक्ता समितिका सचिव प्रजापतिले निकासा भएको रकमको सम्पूर्ण विल भर्पाई फछ्र्यौटका लागि भनपामा पेश गरिसकेको जानकारी दिनुभयो । कलेजको लागि प्रदेशको बजेट भक्तपुर नगरपालिकामार्फत निकास हुने गरिएको छ ।

वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु

११ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक तीन दिने कार्यशाला शुरु भएको छ । कार्यशालाका प्रमुख अतिथि बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले आइसीटीको महत्वमाथि प्रकाश पार्दै चीन र प्रजग कोरियालगायतका समाजवादी देशहरुका प्रगतिमा आइसीटीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नयाँ पुस्ता आइसीटीसित जति अभ्यस्त भइरहेका छन् त्यति नै सामाजिक जीवनबाट टाढिँदै नयाँ पुस्ता एक्लोपन हुँदै गएको तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई देशभक्ति भावना दिन नसके सिकेको सीप आफन्ै देशकाविरुद्ध दुरुपयोग हुन सक्छ भन्नुभयो ।
विद्यार्थीलाई सीमित पाठ्यपुस्तकको घेरामा नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक विषयमा पनि जानकार बनाई राख्न सुझाव दिँदै नेमकिपाले एमसीसीको निरन्तर विरोध गरिरहेको तथ्य आज एसपीपीले थप पुष्टि गरेको छ भन्दै उहाँले संरा अमेरिकाले चीनलाई घेर्ने नीतिअनुरुप यी गतिविधि भइरहेको र त्यसको नकारात्मक प्रभाव नेपालमा देखा परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई स्ट्रङ, स्मार्ट र स्माइलका साथ पठनपाठन गर्न सके शिक्षण सिकाइ प्रभावकारी हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको सभापति प्रा.डा. सिद्धिवीर कर्माचार्यले सत्यनिष्ठ, इमान्दारी र सरल जीवनलाई जोड दिँदै अरुको निम्ति उदाहरणीय बन्नुपर्छ भन्दै ती विना कोही कही सफल हुँदैन भन्नुभयो । हरेक विषयमा आइसीटीले गर्ने सूक्ष्म विश्लेषणको आधारमा काम गर्न सके कोही पनि असफल नहुने चर्चा गर्दै उहाँले शिक्षकहरुलाई सक्रिय जीवनको लागि सुझाव दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र स्कुलका +२ संयोजक ज्ञानसागर प्रजापतिले पनि आइसीटीबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा ई. राजन कर्माचार्य, आईटी कन्सल्ट्यान्ट पदमराज पन्तले प्रशिक्षण गर्नुभएको थियो । कार्यशाला असार १२ र १३ गते सम्म चल्ने छ ।

वागीश्वरी कलेज बीएसडब्लू दोस्रो वर्षका विद्यार्थीहरुको शिविर इन्द्रसरोवर गाउँपालिकामा

भक्तपुर । वागीश्वरी कलेज बीएसडब्लू दोस्रो वर्षका विद्यार्थीहरुको तीन दिने ग्रामीण शिविर इन्द्रेसरोवर गाउँपालिका–४, फाखेल मकवानपुरमा सम्पन्न भयो ।
“सामाजिक कार्य गर्नको लागि समुदायमा भिज्नुपर्छ । समुदायको लागि म भन्दा पनि हामीको भावना लिएर सामाजिक कार्य गर्दा सजिलो हुन्छ ।” प्रस्तुत भनाइ इन्द्रेसरोवर गाउँपालिकाका प्रमुख जीवन लामाको हो । उहाँले ५ वर्षको अवधिमा गाउँपालिकामा शैक्षिक, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा गरेको कार्यबारे बताउँदै गाउँपालिकामा दुई प्राविधिक शिक्षालय भएको जानकारी दिनुभयो ।
समापन समारोहमा इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष एवम् कालिका मावि वि.व्य.स. अध्यक्ष धनवीर स्याङटाङले सामाजिक कार्यका विद्यार्थी समाजको आमूल परिवर्तनका लागि खटिनुपर्छ र शिविरको क्रममा सिकेका कुरा व्यवहारमा उतारेर स्वदेशमै रोजगार गर्न प्रोत्साहन गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् शिविरका संयोजक मङ्गलेश्वर ध्वजूले सिंगो इन्द्रसरोवर गाउँपालिका सामाजिक कार्यका लागि प्रचुर सम्भावना रहेको र ग्रामीण सभ्यता नै मानव सभ्यताको उद्गम हो भन्नुभयो । स्थानीय बुद्धिजीवी धीरज लामाले सबै धर्ममा सामाजिक कार्यको महत्व रहेको बताउनुभयो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सावित्री सुनार, सहायक प्रधानाध्यापक ठूलीमाया बलामी, शिखरापुर सामुदायिक कलेजका प्राचार्य तथा शिखरापुर सामुदायिक सिकाई केन्द्रका व्यवस्थापन निरोज श्रेष्ठ, सहजकर्ता विद्यालयका प्राविधिक शिक्षकले पनि बोल्नुभएको थियो ।
सो शिविरका सुपरिवेक्षक सुन्दर ग्वाच्छाले स्वागत गर्नुभएको सो कार्यक्रममा विद्यार्थीहरु कृपा प्रजापति, गौरव लामिछाने, काजल थापा, मालती पराजुली, मनिसा सुवाल र नम्रता रन्जितकारले शिविरको तीन दिने अनुभव सुनाएका थिए । साथै सम्पूर्ण अतिथिहरुलाई वागीश्वरी कलेजको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
कलेजका २ जना शिक्षकहरुको मार्गनिर्देशनमा सहभागी २३ जना विद्यार्थीहरुल शिविरमा कृषि फार्मको अवलोकन, विद्यालयको विज्ञान, कृषि, बिउबिजन प्रयोगशालाको अवलोकन, कृषि विषयमा प्रस्तुतीकरण, विभिन्न टोलीले विभिन्न कक्षामा गएर महिनावारी, रेड क्रस, स्काउट, जुम्बा डान्सका साथै विभिन्न क्रियाकलाप गराइएको थियो ।

वागीश्वरी कलेजको नवौँ कलेज सभा सम्पन्न

भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।
विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहिन रूपमा हेरिरहेको हुँदा हामीले आफूलाई सोही अनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।
कोरोना महमारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कुल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्क रूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा भनपाको तर्फबाट सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो ।
आत्मनिर्भरता विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्वभाव धेरै हुन्छ ।”
अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो ।
‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दै छौँ । सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।’ उहाँले भन्नुभयो ।
वागीश्वरी स्कुलले सिद्धिशारदा प्रावि र ब्रह्मचारिणी प्रावि सबल बनाए जस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
अब वागीश्वरी कलेजले भक्तपुर अन्य कलेजहरूसँग पनि सहकार्य गरी सिङ्गो भक्तपुरको शैक्षिक प्रगतिमा योगदान पु¥याउने प्रयास आगामी दिन गर्दै जाने पनि उहाँले प्रष्ट्याउनुभयो ।
सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिँदै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि विभिन्न चार ओटा प्रस्ताव पेश गर्नुभयो– पहिलो प्रस्तावमा कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, दोस्रो प्रस्ताव कलेज विधान पारित गर्ने, तेस्रो आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र चौथौं २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने ।
प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ ।
सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।