वागीश्वरी कलेजमा रक्तदान

भक्तपुर, २५ चैत्र । वागीश्वरी कलेजको अयोजनामा स्नातक तह बीएसडब्लू प्रथम वर्ष २०७६ ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा विश्व स्वास्थ्य दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम कलेज प्राङ्गणमा सम्पन्न भयो ।
कोभिड १९ का कारण सिर्जित रगतको कमीलाई थोरै भए पनि पूर्ति गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको हो । 
उक्त कार्यक्रममा १२ जना शिक्षकहरु र ४४ जना विद्यार्थीहरु गरी जम्मा ५८ जनाले रक्तदान गरेको थियो । 
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले रक्तदाता महानुभावहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

वागीश्वरी कलेजमा मासिक रुपमा गरिँदै आएको स्वास्थ्य शिक्षासम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत भाद्र महिनाको २५ गते परामर्श दिँदै वागीश्वरी माविका विद्यालय नर्स सिर्जना पन्थ

वागीश्वरी कलेजमा स्वास्थ्य सचेतना

भक्तपुर– वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह चौथो वर्षका विद्यार्थीहरुलाई स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम भाद्र ३ गते सम्पन्न भएको छ । 
वागीश्वरी माविका नर्स सिर्जना पन्थले विद्यार्थी जीवनमा आइपर्ने विभिन्न स्वास्थ्यस“ग सम्बन्धित समस्याहरुको समाधानबारे विद्यार्थीहरुलाई जानकारी गराउनुभयो ।
 

वागीश्वरी कलेज स्नातक तहका विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउँदै वागीश्वरी माविका नर्स सिर्जना पन्थ