वागीश्वरी कलेजको निर्माणाधीन भवनको पहिलो स्ल्याब ढलानका केहि झलकहरू । मिहिनेती सम्पूर्ण श्रमिकहरूप्रति हार्दिक आभार ।















































Photo Feature















































भक्तपुर, ७ कार्तिक २०७४ – वागीश्वरी कलेज र माविमा अध्ययनरत स्नातक तह र कक्षा १२ को संयुक्त आयोजनामा नवागन्तुक विद्यार्थीहरूलाई स्वागत तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम कार्तिक १ गते बुधबार सम्पन्न भएको छ । कमलविनायकमा भएको कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हरेक शिक्षित व्यक्ति समाज र देशको लागि उपयोगी होस् भन्ने वागीश्वरीको उद्देश्य रहेको बताउ“दै उहा“ले वागीश्वरीका हरेक विद्यार्थीहरूले आर्जन गरेको शिक्षाले स्वदेशकै सेवा गरे कलेज स्थापनाको औचित्य पुष्टि हुन्छ भन्नुभयो ।
अहिलेसम्म स्थापित नेपालका सबै विश्वविद्यालयहरूले उत्पादित जनशक्तिहरू प्रमाणपत्र बेचेर जिउन बाध्य भएको बताउ“दै उहा“ले शिक्षालाई उत्पादन श्रमस“ग जोडिएको, देशको आवश्यकता अनुकूलको शिक्षा लागू गर्न भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय खोल्न चाहेको बताउनुभयो । समाजवादी देशहरू प्रजग कोरिया र क्युवामा शिक्षा, स्वास्थ्य निःशुल्क र व्यक्तित्व विकासमा समान अवसर भएको जानकारी दिंदै उहा“ले नेपालको संविधानमा समाजवादउन्मुख उल्लेख गरिएतापनि कथित ठूला दलहरूले व्यवहारमा निजीकरणलाई नै बढावा दिंदै जानु पू“जीवादको उपज हो भन्नुभयो । देशको राजनीति राम्रो भयो भने समग्र देश नै राम्रो हुने बताउ“दै उहा“ले राजनीतिबाट ठेकेदार, कालाबजारिया, भ्रष्टाचारीहरूलाई बढार्नका लागि राम्रा विद्यार्थीहरूले राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । च्याम्हासिंहमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी माविले पठन संस्कृतिस“गै देशका लागि योग्य, इमान्दार र सक्षम नागरिक बनाउन विभिन्न किसिमका क्रियाकलापहरू गरिरहेको बताउनुभयो ।
उहाले वैज्ञानिक दृष्टिकोणबाट समेत चलेको नेपाल सम्वत्को महत्व दर्शाउ“दै यस्तो चाडपर्वमा आउन सक्ने विकृति विसंगतिप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहा“ले देशको वर्तमान राजनीतिक अवस्थाबारे अवगत गर्दै देश र जनताको सेवा गर्ने नेतृत्व छान्नुपर्ने बताउनुभयो । प्रोफेसर डा. सिद्धिवीर कर्माचार्यले हरेक शिक्षकले विद्यार्थीको दिमागमा नकारात्मकताभन्दा सकारात्मकतालाई जोड दिनुपर्ने बताउनुभयो । उहा“ले कुरालाई भन्दा कर्मलाई विश्वास गर्नुपर्ने र संघर्ष गर्नतिर लाग्नुपर्ने बताउनुभयो । कलेजका प्रशासकीय प्रमुख मोहनप्रसाद प्रजापतिले कलेजलाई स्थापित गर्नको लागि भइरहेको हरेक प्रयासमा शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरूले हरेक कोणबाट सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ भन्नुभयो । विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले उच्च श्रेणीको नतिजा ल्याई वागीश्वरीको गरिमा अझ उच्च राख्न सबै विद्यार्थीले हरदम प्रयास गर्नुपर्ने बताउ“दै आफ्नो बौद्धिक क्षमतालाई देशकै निम्ति प्रयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले वागीश्वरी आफै एउटा विश्वविद्यालयका रुपमा अगाडि बढेको चर्चा गर्दै हरेक विद्यार्थीको संस्कृति आफ्नो व्यवहार, अनुशासन र इमान्दारिताले देखाउने बताउनुभयो । उहा“ले विद्यालयको स्थापनाकालको इतिहास बताउ“दै अहिले शैक्षिक, आर्थिक र भौतिक रूपमा सक्षम र सबल बन्नुको पछाडि स्थानीयवासी, विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीको देन रहेको स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ बाह्रौ राष्ट्रिय सम्मेलन तयारी समितिका सचिव सविन ख्याजुले भारतले नेपालमाथि गरेको हस्तक्षेप र सीमा अतिक्रमणको विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताउदै पूजीवादले गर्न नसक्ने सबै किसिमका राम्रो काम समाजवादी व्यवस्थाले गर्ने भएकाले समाजवादका निम्ति लड्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्य, डा. बलराम दुवाल, ग्याहेन्द्रप्रसाद दाहाल, विद्यार्थीहरू संगीता श्रेष्ठ, सविना कासुला, सरस्वती साखकर्मी, ममता गाइसी, रोशन शिल्पकार, सविना श्रेष्ठ, विपना ओझाखत्री, बिलम सुवाल, राजेश गौतम र रक्षा लामिछानेले पनि बोल्नुभएको थियो । कार्यक्रममा कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरूले गीत, नृत्य, कविता, क्यारिकेचरलगायतका सांस्कृतिक विधाहरू प्रस्तुत गरेका थिए ।
भक्तपुर, १२ साउन २०७४ – वागीश्वरी कलेजको स्नातकोत्तर एमबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको धुलिखेल नमोबुद्ध पैदलयात्रा साउन ७ गते शनिबार सम्पन्न भएको छ । उक्त यात्रामा कलेज अध्यापनरत ४ जना शिक्षकहरु र १८ जना विद्यार्थीहरु गरी जम्मा २२ जनाको सहभागीता रहेको थियो ।