स्नातक दोस्रो वर्षको परीक्षा सुरु, वागीश्वरी कलेजको परीक्षा केन्द्र भक्तपुर ब. क्याम्पस

भक्तपुर, २३ असार २०७४ – त्रिभुवन विश्व विद्यालयको स्नात्तक दोस्रो वर्षको परीक्षामा वागिश्वरी कलेजबाट २ सय ६६ जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमा मानविकी संकायबाट नियमितबाट २९ जना र आंशिकबाट ३१ जना गरी ६० जना सहभागी हुने भएका छन् । यसै गरी व्यवस्थापन संकायमा नियमितबाट एक सय ३८ र आंशिकबाट ६८ जना गरी दुई सय ६ जना सहभागि हुने कलेज प्रशासन शाखाले जनाएको छ । परीक्षा मानविकी संकायको परीक्षा असार २३ देखी साउन ११ गते र व्यवस्थापन संकायको असार २५ देखि साउन १२ गतेसम्म सञ्चालन हुनेछ । वागीश्वरी कलेजका लागि परीक्षा केन्द्र भक्तपुर बहुमुखी क्याम्पस निश्चित गरिएको छ ।

वागीश्वरी कलेजलाई नियमित अनुदान ८ लाख

भक्तपुर, १९ जेष्ठ २०७३ – विश्वविद्यालय अनुदान आयोगले वागीश्वरी कलेजलाई आ.व. २०७२/७३ को नियमित अनुदान स्वरूप नगद रु. ८ लाख प्रदान गरेको छ । यस आयोगले विभिन्न विश्वविद्यालयसग सम्बन्धन लिई सामुदायिक रुपले सञ्चालित क्याम्पसहरुलाई नियमित अनुदान वितरण गर्ने क्रममा उक्त अनुदान रकम वागीश्वरी कलेजलाई प्रदान गरेको हो । आयोगले निर्धारण गरिएका अनुदान वितरणका आधारहरुमा न्यूनतम विद्यार्थी सङ्ख्या, अनुदान वितरणको लागि आयोगमा भएको बजेटको व्यवस्था र आवेदन पत्रसाथ पेश गरिएका शैक्षिक तथा आर्थिक विवरणहरुको मूल्याङ्कन पश्चात् अनुसूची १ मा उल्लेख भए अनुसार अनुदान निर्धारण गर्ने गरिएको छ ।

उपत्यकाका जम्मा २९ वटा सामुदायिक क्याम्पसहरुलाई अनुदान वितरण गरिएको छ । 

परीक्षाको नतिजा विश्लेषण सम्पन्न

भक्तपुर, ५ जेष्ठ २०७३ – भक्तपुर वागीश्वरी कलेजले हालै सम्पन्न गरेको स्नातक तह प्रथम र द्वितीय वर्षको दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण कार्यक्रम जेठ ८ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुलाई पढ्नको निम्ति उत्प्रेरित र उत्साहित बनाउनुका साथै उमेर अनुसारको व्यक्तित्व प्रस्फुटनको लागि अवसर दिनुपर्छ भन्नुभयो ।

कक्षामा नियमित उपस्थित नहुने, परीक्षामा एक घण्टा लगत्तै परीक्षा छोड्ने र जागिरे विद्यार्थीहरुको नतिजा खस्केकोमा उपस्थित सबै शिक्षकहरुले चिन्ता व्यक्त गर्नुभएको थियो । कमजोर विद्यार्थीहरुको लागि थप उपचार कक्षा, जागिरे विद्यार्थीहरुका लागि शनिबार पनि कक्षाको व्यवस्था गर्नुका साथै लब्धाङ्क पत्र एसएमएस वा हुलाक मार्फत अभिभावकलाई जानकारी दिनुपर्ने लगायतका सुझावहरु दिइएका थिए । कार्यक्रममा विषयगत शिक्षक तथा शिक्षिकाहरुले विषयगत नतिजाको समीक्षा गर्नुभएको थियो ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्य, सहप्राचार्य ग्याहेन्द्र प्रसाद दाहाल र शिक्षक राजन चौगुठीले बोल्नुभएको थियो । 
 

वागीश्वरी कलेजको वार्षिक प्रगति प्रतिवेदन २०७२

भक्तपुर, २० चैत्र २०७२ – वागीश्वरी कलेजको तेस्रो वार्षिक साधारण सभामा प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रगति प्रतिवेदन २०७२