श्रद्धाञ्जली सभा सम्पन्न

भक्तपुर, २८ साउन २०७४ – वागीश्वरी कर्मचारी समाजको आयोजनामा स्व. श्यामकृष्ण श्रेष्ठको सम्झनामा साउन १९ गते एक श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वागीश्वरी माविका रात्रीकालीन सुरक्षागार्ड श्यामकृष्ण श्रेष्ठ साउन १७ गते असामयिक निधन भएको थियो । स्व. श्यामकृष्णप्रति एक मिनेट मौन धारणबाट शुरु भएको उक्त श्रद्धाञ्जली सभामा प्राचार्य कृष्णप्रसाद धन्छाले जागिरको क्रममा स्व. श्यामबाट सैनिक अनुशासन प्रदर्शन गरेको चर्चा गर्दै ठीक समयमा आउने र ठीक समयमा जाने उहा“को समयको परिपालना सबैले सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सहप्राचार्य ज्ञानसागर प्रजापतिले कुनै पनि व्यक्ति नामबाट भन्दा पनि कामबाट परिचित हुने गर्छ भन्नुहुदै स्व. श्यामको विनम्रता, पेशाप्रतिको जवाफदेहिता सिक्न लायक भएको चर्चा गर्नुभयो । आयोजक समाजका अध्यक्ष तुल्सीराम प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा शिक्षक धनकुमार श्रेष्ठ र कर्मचारी सवीन्द्र प्रजापतिले पनि स्व. श्यामका बारेमा चर्चा गर्नुभएको थियो । सभामा उपस्थित सम्पूर्ण कर्मचारीहरुले स्व. श्यामको तस्वीरमा पुष्पगुच्छाका साथ श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेक्राशिसंघ वागीश्वरी पुनर्गठन

भक्तपुर, २७ साउन २०७४ – नेपाल क्रान्तिकारी शिक्षक संघ वागीश्वरी मावि एकाइ समिति साउन २० गते वृहत शिक्षक भेला गरी पुनर्गठन गरिएको छ । संघका अध्यक्ष दामोदर सुवालको सभापतित्वमा भएको उक्त भेलाले शिक्षक विश्वेश्वर मानन्धरको अध्यक्षतामा १३ सदस्यीय समिति पुनर्गठन गरेको हो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जन, नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति र कोषाध्यक्ष चक्रबहादुर चाकतु, प्राचार्य कृष्णप्रसाद धन्छा, शिक्षक पीयूषराज गोसाईलगायतले शैक्षिक विषयमा विचार राख्नुभएको थियो ।

कर्तव्यनिष्ठ श्याम दाइको निधन

भक्तपुर, २१ साउन २०७४ – विगत १३–१४ वर्षदेखि वागीश्वरी माविमा सुरक्षा गार्ड भई सेवा गर्दै आउनुभएका श्यामकृष्ण श्रेष्ठको २०७४ साउन १७ गते निधन भएको छ । श्री शमशेर दल बटायिन शाही नेपाली सेनामा १९ वर्ष सेवा गरी निवृत्त हुनुभएका उहा २०६० पुस १ गतेदेखि वागीश्वरी स्कुलमा निरन्तर सुरक्षा गार्डमा सेवारत हुनुहुन्थ्यो । उहा हरेक दिन साझ ६ बजे स्कुलमा आई रात्रिकालीन सुरक्षा गार्ड भई भोलिपल्ट बिहान ९ बजे ड्युटी पूरा गरेर फर्कनुहुन्थ्यो । सेवाको यो अवधिमा उहा“ले स्कुलमा कहिल्यै लामो बिदा लिनुभएन भने काम विशेषले कहिले काहीं बिदै लिनुपयो भने पनि उहा सुरक्षा गार्डको वैकल्पिक व्यवस्था आफै गर्नुहुन्थ्यो । ठीक समयमा आउने ठीक समयमा जाने समयको परिपालनामा उहाले सैनिक अनुशासन जीवनपद्धतिकै रूपमा प्रदर्शन गर्नुभयो । यस अर्थमा उहा“ कर्तव्यनिष्ठ जिम्मेवार कर्मचारी हुनुहुन्थ्यो भन्नेमा कुनै शङ्का थिएन ।

२०७४ साल साउन १३ गते नागपञ्चमीको दिन यसवर्ष विशेष कारणले रक्षाबन्धनसमेत भएकाले विद्यालयमा बिदा थियो । बिदालाई सदुपयोग गर्दै संयुक्त परीक्षा समितिले कक्षा १२ को अर्थशास्त्र विषयका शिक्षकहरूको बैठक बिहान ७ बजे राखेको थियो । बैठकमा उहा“ले पनि सक्दो सेवा प्रदान गर्दै हुनुहुन्थ्यो । अकस्मात् उहा“ “भुइ“चालो आयो भुइ“चालो आयो” भन्दै चिच्याएर भान्सा कोठामा पस्नुभयो । भान्सा कोठामा भान्से हरि दाइ हुनुहुन्थ्यो । हरि दाइले उहा“लाई ‘भुइ“चालो आएको होइन, खै के भयो ? बस यता’ भनेर बेन्चमा बसाई ३ कप पानी पिलाउनुभयो । हरिदाइले बिस्तारै तल अफिसमा ल्याउनुभयो श्याम दाइलाई । श्याम दाइले टाउको दुखेको र रिङ्गता लागेको बताएपछि तुरुन्तै विद्यालय भवनमा रहेको स्वास्थ्य क्लिनिकमा स्वास्थ्यकर्मी दीपक माक बोलाई ब्लड प्रेसर जा“चियो । दाया“ पाखुराको ब्लड प्रेसर सामान्य भए पनि बाया“ पाखुराको ब्लड प्रेसर असामान्य देखिएपछि दीपकजीले तुरुन्त ‘जनस्वास्थ्य’ मा लान सुझाव दिए । स्कुल अगाडि नै चौविसै घण्टा डाक्टरी सेवा प्रदान गर्ने भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्यमा तुरुन्त लगी ज“चाइयो ।

जनस्वास्थ्यको डाक्टरले मस्तिष्कमा आघात भएको आशंका गरी तुरुन्त अस्पतालमा लान रिफर गरे । जनस्वास्थ्यको एम्बुलेन्स बाहिर गइरहेको बेला पर्यो । तुरुन्त सिद्धिस्मृति अस्पतालको एम्बुलेन्स डाकेर छाउनी अस्पतालमा पु¥याइयो । तदारुक्ताका साथ स्वास्थ्य परीक्षण भयो । टाउकाको सिटिस्कान गर्दा भित्र रक्त नली फुटेको हु“दा स्थिति जटिल भएको अवगत गराइयो । न्युरो डाक्टरद्वारा टाउकाको अप्रेशन गरी उपचार हुने जानकारी दिइयो । शुक्रबार भर्ना गरिएका उहा“को मस्तिष्क भित्र जमेको रगत शनिबार निकालिएको जानकारी प्राप्त हु“दा रोग निको हुने ठूलो आस जागेको थियो । तर नियतिले त्यो आशालाई मंगलबार बिहान सम्म पनि टिकाएन ।

नियतिले श्याम दाइको प्राण चुडेर लग्यो । २०१९ साल चैत्र १५ गते भक्तपुरको चित्तपोल (चितापुर) मा जन्मनुभएका श्याम दाइको घरमा ९० वर्षका वृद्ध बुबा र आमा हुनुहुन्छ । उहा“का श्रीमती, १ छोरा र ३ छोरी छन् । उहा“को निधनले विद्यालयले एक कर्तव्यनिष्ठ कर्मचारी गुमाएको छ । उहा“प्रति विद्यालय मात्र होइन वागीश्वरी कलेज परिवार समेत हार्दिक श्रद्धा सुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उहा“को सम्झनामा वागीश्वरी स्कुल र वागीश्वरी कलेजले साउन १८ गते १ दिन शोक विदासगै श्रद्धाञ्जली सभा गरिएको थियो ।

स्नातक दोस्रो वर्षको परीक्षा सुरु, वागीश्वरी कलेजको परीक्षा केन्द्र भक्तपुर ब. क्याम्पस

भक्तपुर, २३ असार २०७४ – त्रिभुवन विश्व विद्यालयको स्नात्तक दोस्रो वर्षको परीक्षामा वागिश्वरी कलेजबाट २ सय ६६ जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमा मानविकी संकायबाट नियमितबाट २९ जना र आंशिकबाट ३१ जना गरी ६० जना सहभागी हुने भएका छन् । यसै गरी व्यवस्थापन संकायमा नियमितबाट एक सय ३८ र आंशिकबाट ६८ जना गरी दुई सय ६ जना सहभागि हुने कलेज प्रशासन शाखाले जनाएको छ । परीक्षा मानविकी संकायको परीक्षा असार २३ देखी साउन ११ गते र व्यवस्थापन संकायको असार २५ देखि साउन १२ गतेसम्म सञ्चालन हुनेछ । वागीश्वरी कलेजका लागि परीक्षा केन्द्र भक्तपुर बहुमुखी क्याम्पस निश्चित गरिएको छ ।

स्नातकोत्तर तहको नतिजा सन्तोषजनक

भक्तपुर, १४ असार २०७४ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालन गरेको एमबीएस प्रथम वर्ष र एमए समाजशास्त्र दोस्रो वर्षको बोर्ड परीक्षाको नतिजा असार ८ गते प्रकाशित गरेको छ । वागीश्वरी कलेजबाट एमबीएस प्रथम वर्षको परीक्षामा सम्मिलित जम्मा २८ जना विद्यार्थीहरुमध्ये १० जना अर्थात् ३५ दशमलव ७१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने एमए समाजशास्त्रमा ५० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको कलेज प्रशासनले जनाएको छ । 
 

बीबीएस दोस्रो वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशित

भक्तपुर, १३ फाल्गुन २०७३ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्वारा स्नातक तह ४ वर्षे बीबीएस दोस्रो वर्षको वार्षिक परीक्षाको नतिजा फागुन ११ गते प्रकाशित गरेको छ । वागीश्वरी कलेजबाट परीक्षामा संलग्न जम्मा ८४ जना नियमित विद्यार्थीहरुमा ५७ जना अर्थात् ६८ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । आंशिकतर्फ परीक्षामा सम्मिलित २५ जना विद्यँर्थीहरुमा १० जना विद्यँर्थी उत्तीर्ण भएका थिए । परीक्षा नतिजा उत्साहजनक रहेको कलेजका प्रँचार्य धनकुमार श्रेष्ठले बताउनुभयो । 
 

दोस्रो समूहको सुन्दर हस्तलेखन तालिम सुरु

भक्तपुर, १३ फाल्गुन २०७३ – वागीश्वरी माविको प्रावि तथा निमावि तहका शिक्षक/शिक्षिकाहरुलाई सुन्दर हस्तलेखन दोस्रो समूहको तालिम फागुन ८ गतेबाट सुरु भएको छ । वेतान्त एकेडेमी मध्यपुरको सहयोगमा भएको उक्त तालिममा दिपक बास्कोताले शिक्षकहरुलाई तालिम दिनुभएको थियो । तालिमको सुरुवातमा विद्यालयका सह प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले शिक्षकको गुणस्तर वृद्धिका लागि दिएको तालिम विद्यालयको सम्पत्ति भएको हु“दा अधिकत्तम उपयोग हुनेमा विश्वास व्यक्त गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिमको पहिलो समूहको समापन गत फागुन ५ गते भएको थियो । 
 

रेडियो नेपाल र नेपाल टेलिभिजनको अवलोकन भ्रमण

भक्तपुर, १० फाल्गुन २०७३ – वागीश्वरी मावि कक्षा १२ र वागीश्वरी कलेज स्नातक तह द्वितीय र तृतीय वर्षमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुलाई फागुन ६ गते शुक्रबार रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्ययन अवलोकन भ्रमण लगिएको छ । शिक्षक प्रेम प्रजापति र शिक्षिका अनिता सिवाकोटीको नेतृत्वमा लगिएको उक्त भ्रमणमा करिब ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षाको साथै व्यवहारिक र प्राविधिक ज्ञान पनि दिने उद्देश्यले उक्त भ्रमणको आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ । भ्रमणमा संलग्न स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी ज्योती श्रेष्ठले अवलोकन भ्रमण विद्यार्थीहरुलाई अध्ययनमा थप सहज र लाभदायी भएको अनुभव व्यक्त गरेकी छिन् ।

वागीश्वरी कलेजको चौथो साधारण सभा सम्पन्न

भक्तपुर, २४ माघ २०७३ – वागीश्वरी कलेज भक्तपुरको चौथो साधारण सभा माघ २० गते सम्पन्न भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभाले कलेजको प्रगति प्रतिवेदन पारित गर्नुका साथै भावी योजना समेत तय गरेको छ । सभामा बोल्दै अध्यक्ष प्रजापतिले ‘एक घर एक स्नातक’ को नाराले कामदार वर्गका छोराछोरीहरूको स्नातक सङ्ख्या बढेको चर्चा गर्नुहुदै वागीश्वरी कलेजले त्यसको लागि आवश्यक पूर्वाधार निर्माणमा सक्दो सहयोग पुर्याएको बताउनुभयो । ख्वप विश्वविद्यालय विधेयकले १० वर्षमा बल्ल संसदमा प्रवेश पाएको चर्चा गर्नुहुदै उहाले सरकारले जतिसुकै नचाहे पनि अन्ततः ख्वप विश्वविद्यालय आउने नै विश्वास व्यक्त गर्नुभयो ।

उहाले वागीश्वरीमा हाल झण्डै आठ सय विद्यार्थी हुनु तुलनात्मक रूपले सन्तोषजनक भएको उल्लेख गर्नुहुदै ख्वप विश्वविद्यालय भएपछि वागीश्वरीको अझ थप प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । कलेज व्यवस्थापन समितिका सदस्य एवं सांसद अनुराधा थापामगरले वागीश्वरी कलेज सामुहिक नेतृत्वको एउटा सफल उदाहरण रहेको चर्चा गर्नुहुदै गुणस्तरीय शिक्षा प्रदान गरी देशका लागि योग्य जनशक्ति उत्पादन गरिरहेकोमा बधाइका साथ शुभकामना व्यक्त गर्नुभयो । उहाले संसदमा ख्वप विश्वविद्यालय विधेयक प्रवेश भए पनि अझै छलफलमा ल्याउन नचाहिरहेको सरकारी सोचको आलोचना गर्नुहुदै ख्वप विश्वविद्यालय नहुदा कामदार वर्गका छोराछोरीहरूले सस्तोमा स्तरीय शिक्षा पाउनबाट बञ्चित भइरहेको प्रष्ट पार्नुभयो ।

सभामा वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी मावि र वागीश्वरी कलेजबीचको सहकार्य आगामी दिनमा थप सुदृढ रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो भने वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले कामदार वर्गमा उच्च शिक्षाको पहुच बढाउन वागीश्वरीले  महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो । वागीश्वरी कलेज विषय संयोजक ज्ञानसागर प्रजापतिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभाले प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, भावी योजना र रणनीतिबारे व्यापक छलफल गरी आवश्यक सुझावसहित पारित गरेको थियो ।

विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित कार्यशालामा वागीश्वरी सहभागी

भक्तपुर, २० मंसिर २०७३ – विश्वविद्यालय अनुदान आयोगद्वारा मंसिर १७ र १८ गते आयोजना गरिएको दुई दिने इचष्भलतबतष्यल ध्यचपकजयउ ७ ःझयचबलमगm या ग्लमभचकबतबलमष्लन ९ःइग्० कार्यक्रममा वागीश्वरी कलेज सहभागी भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको नेतृत्वमा ५ जनाको टोली उक्त कार्यक्रममा सहभागी भएको हो । कार्यक्रममा उच्च शिक्षा सुधार परियोजनामा छनोट भएका २० वटा कलेजहरु र विश्वविद्यँलय अनुदान आयोगबीच ःइग् सम्झौता भएको थियो । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीले कलेजको गुणस्तर बढाई शिक्षामा राष्ट्रिय गुणस्तरलाई बढाउ“दै लग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका लेखा निर्देशक केदार प्रसाद आचार्य, दिपेश, कपिल सुवेदीलगायतले बोल्नुभएको थियो । 
 

वागीश्वरीलाई फिल्टर सहयोग

भक्तपुर, १४ मंसिर २०७३ – वागीश्वरी माविलाई ग्रिड नेपालले वागीश्वरीका भूतपूर्व विद्यार्थी निर्मला सुवालको सहयोगमा दुई वटा पानी फिल्टर सहयोग गरेको छ फिल्टर दश वर्षसम्म म्याद रहेको उक्त संस्थाले जनाएको छ । फिल्टर मंसिर १३ गते विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

भ्रष्टाचार र अनियमितता बन्द गराउन ख्वप विश्वविद्यालय

भक्तपुर, २५ कार्तिक २०७३– अयोग्य र अपरिपक्व डाक्टरले राम्रो उपचार गर्न सक्तैन । ठूला दलले त्यस्ता डाक्टर उत्पादन गर्ने मेडिकल कलेजको टिकाउका लागि विभिन्न नीति नियम ल्याएको छ । त्यसकारण नेपालमा भ्रष्टाचार र अनियमितता बन्द गराउन ख्वप विश्वविद्यालयको अवधारणा ल्याएको हो । उक्त भनाइ विहिवार सम्पन्न वागीश्वरी मा.वि.को अन्ठाउन्नौं र कलेजको नवौं वार्षिक उत्सवका अवसरमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं माननीय सांसद नारायणमान विजुक्छें(रोहित)ले बताउनुभएको हो । उहाँले कुनै पनि ठाउँमा भ्रष्टाचारको मूल जरो पत्ता लगाई प्रजातान्त्रिक प्रणालीबाट कार्य गर्नुपर्ने र पूँजीवादी व्यवस्थाले गरेका नराम्रो कुराबारे विद्यार्थीलाई राजनीतिक शिक्षा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एस.एल.सी., दश जोड दुई र स्नात्तकका स्वर्णपदक विजेताहरुलाई पदक तथा पुरस्कार र विद्यालयमा पच्चीस बर्षभन्दा बढी सेवा गरेबापतको दीर्घसेवा पदकबाट सम्मानित प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक दामोदर सुवाल र विशवराम प्रजापतिलाई प्रदान गर्दै पाठ्यक्रममा मात्रै सीमित नरही शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्ने र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले सिसाभित्रकोभन्दा पहाडमा हुर्केको विरुवाले जस्तोसुकै आँधी बेहोरीसँग पनि संघर्ष गर्न सक्ने भएकाले त्यस्तो विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक संस्थाको काम गर्ने शैली प्रजातान्त्रिक प्रणालीमा आधारित हुनुपर्ने नभए बिग्रिन्दै जाने बताउनुभयो । कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षाबाट देशभक्त विद्यार्थी तयार गर्न वि.सं. २०६४ बाट वागीश्वरी कलेजको स्थापना भएको र हाल स्नातक र स्नात्तकोत्तरमा सात सय बीस जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो ।

उहाँले देशको कुल बजेटको चौबीस प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरे शिक्षा क्षेत्र सम्पूर्णतः निःशुल्क बनाउन सक्ने बताउनुभयो । कक्षा ११ र १२ का विद्यार्थीलाई कक्षागत पुरस्कार प्रदान गर्दै उहाँले सबै क्षेत्र निजीलाई सुम्पेर समाजवादउन्मूख संविधानको कार्यान्वयन नहुने यसले नवउदारवादी नीतिलाई सुम्पिएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन मतपत्रसमेत विदेशमा छाप्नुपर्ने निर्वाचन आयुक्तको धारणाअनुसार नेपालमा विदेशीले मात्रै निर्वाचनको समय टोक्नसक्ने बताउनुभयो । त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले शिक्षा नियमावलीले निजी विद्यालय र शैक्षिक माफियाहरुलाई चलखेल गर्नदिएको र शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले भारतीय एकाधिकार पूजीलाई समेत फाइदा पुग्ने काम गरेको बताउनुभयो । साथै उहाँले पूजीवादी व्यवस्थामा भ्रष्टाचारको सीमा प्रचुर मात्रामा बढ्ने भएकाले समाजवादको आवश्यकता रहेको बताउनुभयो । शिक्षक र कर्मचारबीच भएको आन्तरिक व्याडमिण्टन प्रतियोगिताको पुरस्कार वितरण गर्दै उहाँले देशभक्त विद्यार्थी तयार पार्न यस विद्यालय र कलेजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यस्तै जिल्ला शिक्षा कार्यालय, भक्तपुरका अधिकारी अर्जुन बहादुर रायमाझीले जिल्ला शिक्षा कार्यालय, भक्तपुरबाट प्राप्त गरिव तथा जेहेन्दार र दलित छात्रवृत्ति प्रदान गर्दै बाइस बुँदे कार्यक्रमलाई लागु गर्न जोड दिनुभयो ।

कार्यक्रममा वागीश्वरी अगुवा स्रोतकेन्द्रका विद्यालय निरिक्षक विमल प्रसाद निरौला, नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष चक्र बहादुर चाकतु, ख्वप कलेजका प्राचार्य रुपक जोशी, सार्वजनिक मा.वि. संयुक्त परीक्षा समितिका प्रतिनिधि अम्बिका न्याइच्याई, विद्यार्थी प्रतिनिधिहरु शेरफ मोक्तान, सम्झना गोसाईलगायतले विद्यालयको प्रगतिको कामना गर्नुभएको उक्त कार्यक्रममा कलेज प्राचार्य धनकुमार श्रेष्ठ र मा.वि. प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई सिद्धिबहादुर स्मृति अक्षय कोष छात्रवृत्ति, नारायणी छात्रवृत्ति, शिक्षक कर्मचारी छात्रवृत्ति कोषबाट छात्रबृत्तिसमेत विभिन्न अतिथिहरुबाट वितरण गरेका छन् । वार्षिकोत्सव मूल समारोह समितिका संयोजक विश्वराम प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रमको दोश्रो चरणमा विद्यार्थीहरुबाट साँस्कृतिक गतिविधिहरु प्रस्तुत गरेका छन् ।

अनिवार्य अवकाश प्राप्त शिक्षिका मैया मानन्धरको सम्मान तथा विदाई

भक्तपुर, ३ भाद्र २०७३ – विगत ३६ वर्षदेखि निरन्तर रूपमा वागीश्वरी उमाविमा अध्यापन गराई अनिवार्य अवकाश प्राप्त गर्नुभएका शिक्षिका मैया मानन्धरको हिजो बिहिबार सम्मान सहित विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी उमावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षिका मानन्धरलाई विद्यालयको तर्फबाट मायाको चिनोका साथै सम्मान पत्र प्रदान गर्नु भई शिक्षिका मानन्धरको योगदानको बारेमा भावनात्मक मन्तव्य राख्नुभएको थियो । आफूले विद्यालयमा पहिलो पाइला टेक्दा भेटेको व्यक्तित्व नै शिक्षिका मानन्धर भएकोले उहा“लाई सदैव आमाको रूपमा सम्झिने बताउनुभयो । जीवनको उर्जाशील समय मानन्धरले विद्यालयमै खर्चिनु भई विद्यालयलाई अमूल्य गुण लगाउनु भएको टिप्पणी ज्याख्वले गर्नुभयो । कार्यक्रमका विशेष अतिथि वि.व्य.स का सदस्य तथा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले शिक्षिका मानन्धरलाई अनुशासित र समयपालक शिक्षिकाको रूपमा चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले वागीश्वरी उमावि आजको स्थानमा आइपुग्न मानन्धरको अमूल्य योगदान रहेको बताउनुभयो । नेपाल आजको स्थानमा आइपुग्न भएको लोकतान्त्रिक आन्दोलनमा पनि नेक्राशिसंघको तर्फबाट शिक्षिका मानन्धरले गिरफ्तारी दिई अमूल्य योगदान गर्नुभएको घटनाको पनि प्रजापतिले सम्झना गर्नुभयो ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले हिजो जस्तै आगामी दिनमा पनि सक्रिय योगदान भइरहने अपेक्षा गर्नुभयो । शिक्षिका मानन्धरप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति वागीश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छाले कार्यक्रम समापन गर्नुभयो ।

वागीश्वरी विव्यसमा अभिभावक छनोट

भक्तपुर, १ भाद्र २०७३ – वागीश्वरी उमावि च्याम्हासिंहमा साउन २५ गते बृहत् अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समिति गठनार्थ चार जना अभिभावक छनोट गरिएको छ । छनोट भएका अभिभावकहरुमा रवीन्द्र ज्याख्व, बालकृष्ण श्रेष्ठ, मुना तामाङ र चन्द्रकेशरी कुसाथा रहनुभएको छ । हालको शिक्षा ऐन आठौं संशोधनअनुसार शिक्षक प्रतिनिधि एक, वडा समिति प्रतिनिधि र प्रअ सदस्य सचिव एकसमेत सात जनाको बैठकले एक महिलासहित २ जना स्थानीय बुद्धिजीवीमा शिक्षाप्रेमी मनोनीत गरेपछि विद्यालय व्यवस्थापन समिति नौ जनाले पूर्णता पाउ“छ भने तीमध्ये प्रअ र शिक्षक प्रतिनिधिबाहेक एकजना अध्यक्ष बन्ने प्रावधान रहेको छ ।

विद्यालय निरीक्षक विमलप्रसाद निरौलाको सभापतित्वमा भएको भेलामा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले सामुदायिक स्कूल समुदायको सम्पत्ति भएकोले यसले संरक्षण र प्रवद्र्धन गर्न सम्पूर्ण अभिभावकहरुको सक्रिय सहयोगको खाँचो छ भन्नुभयो । भेलामा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति, स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, प्राचार्य कृष्णप्रसाद धन्छा र सह प्राचार्य ज्ञानसागर प्रजापतिले स्कूलको प्रगतिमा अभिभावकको भूमिकामाथि प्रकाश पार्नुभएको थियो ।   
  

साइन्स ओलम्पियाडमा वागीश्वरीकी रिजु छनोट

 

भक्तपुर, १ भाद्र २०७३ – साइन्स अ‍ोलम्पियाड नेपालले आयोजना गरेको वातावरण ओलम्पियाडको ग्राण्ड फाइनलमा वागीश्वरीकी रिजु बोहजू छनोट भएका छन् । गत साउन ११ गते प्रज्ञा भवन काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितामा सहभागी ४ सय विद्यार्थीहरुमध्येबाट उनी छनोट भएकी हुन् ।

वागीश्वरी कलेजलाई नियमित अनुदान ८ लाख

भक्तपुर, १९ जेष्ठ २०७३ – विश्वविद्यालय अनुदान आयोगले वागीश्वरी कलेजलाई आ.व. २०७२/७३ को नियमित अनुदान स्वरूप नगद रु. ८ लाख प्रदान गरेको छ । यस आयोगले विभिन्न विश्वविद्यालयसग सम्बन्धन लिई सामुदायिक रुपले सञ्चालित क्याम्पसहरुलाई नियमित अनुदान वितरण गर्ने क्रममा उक्त अनुदान रकम वागीश्वरी कलेजलाई प्रदान गरेको हो । आयोगले निर्धारण गरिएका अनुदान वितरणका आधारहरुमा न्यूनतम विद्यार्थी सङ्ख्या, अनुदान वितरणको लागि आयोगमा भएको बजेटको व्यवस्था र आवेदन पत्रसाथ पेश गरिएका शैक्षिक तथा आर्थिक विवरणहरुको मूल्याङ्कन पश्चात् अनुसूची १ मा उल्लेख भए अनुसार अनुदान निर्धारण गर्ने गरिएको छ ।

उपत्यकाका जम्मा २९ वटा सामुदायिक क्याम्पसहरुलाई अनुदान वितरण गरिएको छ । 

परीक्षाको नतिजा विश्लेषण सम्पन्न

भक्तपुर, ५ जेष्ठ २०७३ – भक्तपुर वागीश्वरी कलेजले हालै सम्पन्न गरेको स्नातक तह प्रथम र द्वितीय वर्षको दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण कार्यक्रम जेठ ८ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुलाई पढ्नको निम्ति उत्प्रेरित र उत्साहित बनाउनुका साथै उमेर अनुसारको व्यक्तित्व प्रस्फुटनको लागि अवसर दिनुपर्छ भन्नुभयो ।

कक्षामा नियमित उपस्थित नहुने, परीक्षामा एक घण्टा लगत्तै परीक्षा छोड्ने र जागिरे विद्यार्थीहरुको नतिजा खस्केकोमा उपस्थित सबै शिक्षकहरुले चिन्ता व्यक्त गर्नुभएको थियो । कमजोर विद्यार्थीहरुको लागि थप उपचार कक्षा, जागिरे विद्यार्थीहरुका लागि शनिबार पनि कक्षाको व्यवस्था गर्नुका साथै लब्धाङ्क पत्र एसएमएस वा हुलाक मार्फत अभिभावकलाई जानकारी दिनुपर्ने लगायतका सुझावहरु दिइएका थिए । कार्यक्रममा विषयगत शिक्षक तथा शिक्षिकाहरुले विषयगत नतिजाको समीक्षा गर्नुभएको थियो ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्य, सहप्राचार्य ग्याहेन्द्र प्रसाद दाहाल र शिक्षक राजन चौगुठीले बोल्नुभएको थियो । 
 

वागीश्वरीका २० जना विद्यार्थीहरुलाई विद्यार्थी वित्तीय सहयोग छात्रवृत्ति

भक्तपुर, २१ बैशाख २०७३ – भक्तपुर उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत वागीश्वरी उमाविका २० जना विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेका छन् । देशभरका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत गरिब विद्यार्थीहरुमध्येबाट Proxy means testing पद्धतिद्वारा छनौट गरी स्नातक तह पढ्नका लागि आर्थिक अनुदान उपलब्ध गराइने उक्त कार्यक्रमले छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्तिका लागि विद्यार्थीले HSEB को जिल्लास्थित कार्यालय अथवा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको वेबसाइटमार्फत २०७२ चैत्र मसान्तभित्र फारम भरेका थिए । वागीश्वरी उमाविबाट छात्रवृत्ति परेका विद्यार्थीहरुमध्ये ५ जना र अन्य उमाविका ६ जना विद्यार्थीहरु वागीश्वरी कलेजमा अध्ययनरत रहेको कलेज प्रशासनले जानकारी दिएको छ । 

वागीश्वरी कलेजको वार्षिक प्रगति प्रतिवेदन २०७२

भक्तपुर, २० चैत्र २०७२ – वागीश्वरी कलेजको तेस्रो वार्षिक साधारण सभामा प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रगति प्रतिवेदन २०७२ 

बीए प्रथम वर्ष आंशिकको नतिजा प्रकाशित

भक्तपुर, १७ पौष २०७१ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप ३ वर्षे स्नातक तह बीबीएस प्रथम खण्ड, आंशिक परीक्षार्थीहरुको नतिजा जेठ १९ गते बुधबार प्रकाशित गरेको छ । नतिजाअनुसार वागीश्वरी कलेजको तर्फबाट उक्त परीक्षामा सम्मिलित जम्मा विद्यार्थीहरुमध्ये जम्मा ४६ जना विद्यार्थीहरु उत्तीर्ण भएको कलेज प्रशासनले जनाइको छ ।